Tuesday, December 7, 2021
spot_img
Homeसमाचारभारतले कोरोना विरुद्धको खोप अक्टोबरदेखि डिसेम्बरसम्म विभिन्न देशलाई दिने तयारीमा

भारतले कोरोना विरुद्धको खोप अक्टोबरदेखि डिसेम्बरसम्म विभिन्न देशलाई दिने तयारीमा

। कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको रोकलाई भारतले अक्टोबरदेखि खुलाउने तयारी गरेको छ । केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मंडावियाले अर्को महिनाबाट ‘भ्याक्सिन मैत्री’ कार्यक्रम थालिने बताएका हुन् ।भारतले अप्रिलसम्ममा ९० देशलाई ६ करोड बढी मात्रा निर्यात गरेको थियो तर दोस्रो लहर बढेपछि रोक लगाएको थियो । त्यही बेला नेपालले भारतसँग खरिद गरिसकेको १० लाख कोभिसिल्ड खोप अहिलेसम्म पाउन सकेको छैन ।

सञ्चारकर्मीसँग सोमबार कुरा गर्दै उनले खोप निर्यात खुलाउने तयारी रहेको बताएका छन् । देशभित्र आफ्ना नागरिकलाई खोप लगाउने विषय पहिलो प्राथमिकतामा रहेको र त्यसमा सफलता प्राप्त भइरहेको उल्लेख गरे । अक्टोबरमा ३० करोडभन्दा बढी र अर्को महिनामा एक सय करोड खोपको मात्रा भारत सरकारले प्राप्त गर्ने जानकारी उनले दिए ।
अहिलेसम्म भारतमा खोप ८१ करोडभन्दा बढी मात्रा खपत भइसकेको उनले बताएका छन् । अब आफूलाईभन्दा बढी हुने खोप अक्टोबरदेखि डिसेम्बरसम्म तीन महिनाभित्र विभिन्न देशमा निर्यात गरिने उनले उल्लेख गरेका छन् । ‘भ्याक्सिन मैत्री’ कार्यक्रमलाई प्रारम्भ गरिने र त्यसअन्तर्गत आवश्यक भएका देशलाई भ्याक्सिन निर्यात गरिने उनले जानकारी दिएका छन् ।एजेन्सी बाट

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: