काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य २ हजार ७ सय ५२ रूपैयाँ र मध्यम किसिमको धानको मूल्य २ हजार ९ सय २ रुपैयाँ छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले यस वर्ष तोकिएको धानको समर्थन मूल्य गत वर्षको भन्दा प्रति क्विन्टल १७ रूपैयाँले बढी भएको जानकारी दिए । गत वर्ष असारे धान लगाउनुपूर्व नै सरकारले धानको समर्थन मूल्य तोकेको थियो ।
सरकारले धानको मूल्य तोकेपनि खरिद इमान्दारिता पूर्वक नहुने गरेको किसानहरुको आरोप छ । सरकारले धान व्यापारी मार्फत मात्र किन्दा किसानलाई घाटा व्यहोर्नुपर्छ । किसानलाई सास्तीमा पारेर विचौलियामार्फत विगातका वर्षहरुमा धान खरिद गरिएयो । खरिद प्रक्रियामा सुधार ल्याउन किसानहरुको माग छ ।
कृषि प्रधान देश भनिएपनि अनेक बहानामा किसान ठगिन्छन् । एक त समयमा मलखाद पाउँदैनन्, जसोतसो उब्जाएको धान पनि उचित मूल्यमा विक्री गर्न नपाउँदा किसानहरु ठूलो समस्या झेल्छन् ।