हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नजिकीदै गरेको चार्डपर्वलाई लक्षित गरेर निरन्तर रुपमा बजार क्षेत्रको अनुगमन गरेको छ । उपमहानगरपालिकाका सामाजिक विकास महासाखाका प्रमुख विष्णु कुमारी लामिछानेको नेतृत्वमा निरन्तर रुपमा बजार क्षेत्रको अनुगमन गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ र ७ को अनुगमन गरिएको छ । यस क्षेत्रको बेकरी उद्योग, डेरी उद्योग, ६ वटा किराना पसल र खाजा पसलको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा म्याद नाघेका खाद्ययपदार्थको नष्ट गरिएको छ । म्याद नाघेका चाउचाउ, चिप्स, दालमोठ, मिक्स मसला, कुर्कुरे लगायतका समाग्री नष्ट गरिएको हो । अनुगमनका क्रममा म्याद नाघेका समाग्री बिक्री नगर्नका लागि निर्देशन समेत दिइएको लामिछानेले वताउनुभयो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण मन्च, खाद्यय प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसअघि पनि उपमहानगरपालिका र बिभीन्न कार्यालयहरुले बजार अनुगमन गरेका छन् ।