काठमाडौं । नोभेम्बर नजिकिँदै गर्दा लाखौं एन्ड्रोइड तथा आईओएस फोनमा सधैँका लागि ह्वाट्सएप बन्द हुने दिन पनि नजिकिएको छ । यदि तपाईं पुराना मोडलका फोन प्रयोगकर्ता हुनुहुन्छ भने यसको असर तपाईंको डिभाइसमा समेत पर्नेछ ।
यसअघि ह्वाट्सएपले नोभेम्बर १ तारिखसम्म प्रयोगकर्तालाई आफ्नो पुराना फोन अपडेट गर्न सूचना जारी गरेको थियो । यदि तोकिएको समयमा फोन अपडेट नभएको खण्डमा ह्वाट्सएप नचल्ने जनाइएको थियो । फोन अपडेट हुने अवस्थामा त यसले काम गर्नेछ ।
यदि तपाईंको फोन निकै पुरानो हो भने ह्वाट्सएप चलाउनका लागि तपाईंसँग नयाँ फोन किन्नुको विकल्प रहँदैन् । यसको असर ४० भन्दा बढी विभिन्न मोडलका फोनमा देखिने जनाइएको छ ।
कम्पनीका अनुसार यदि तपाईं एन्ड्रोइड ४.१ भन्दा तलका एन्ड्रोइडमा आधारित फोन प्रयोग गर्नुहुन्छ भने त्यस्ता फोनमा नोभेम्बर १ देखी ह्वाट्सएप चल्ने छैन् । आईओएसको हकमा आईओएस १० भन्दा माथिको डिभाइस हुनुपर्ने जनाइएको छ ।