काठमाडौं । ठगी आरोपमा पक्राउ परेका सिभिल बैंकका अध्यक्षसमेत रहेका इच्छाराज तामाङसहित १२ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ परेका १२ जनाको नाम सार्वजनिक गरेको हो ।
तामाङ अध्यक्ष रहेको सिभिल सहकारीबाट ९० प्रतिशत ऋण आफैँ लिएर नतिरेको र रकम हिनामिना गरेको आरोपमा सीआईबीको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो ।
तामाङले २०५५–५६ मा सहकारी खोलेका थिए । उनी सहकारीको अध्यक्ष र लोन शाखा प्रमुख दुवै थिए ।
सहकारीसँगै उनले घरजग्गाको कारोबार बढाएका थिए । घरजग्गाका लागि सबैजसो ऋण सोही सहकारीबाट लिए । सिभिल होम्सले एक हजारभन्दा बढी घर बनाएर बिक्री गरेको तर सहकारीबाट लिएको ऋण तामाङले नतिरेको आरोप निक्षेपकर्ताले लगाएका छन् ।
पक्राउ परेकाहरूको विवरण यस्तो छ–
१. नाम थर ः इच्छाराज तामाङ
वतन : काठमाडौं, कीर्तिपुर ट्याङ्लाफाँट
वर्ष : ५७
पद : सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष, पूर्वसभासद एवं सिभिल बैंकको अध्यक्ष
२. नाम थर : केशवलाल श्रेष्ठ
वतन : काठमाडौं, काठमाडौं महानगरपालिका–१६
वर्ष : ६२
पद : सञ्चालक समितिको अध्यक्ष
३. नाम थर : भगवानबहादुर सिंह
वतन : काठमाडौं, काठमाडौं महानगरपालिका–१२
वर्ष : ६२
पद : सहजकर्ता प्रबन्धक
४. नाम थर : मायोनानी महर्जन
वतन : काठमाडौं कीर्तिपुर नगरापालिका–९
वर्ष : ५०
पद : जुनियर असिसटेन्ट मेनेजर
५. नाम थर : एलिना तुलाधर
वतन : भक्तपुर, भक्तपुर नगरपालिका–११
वर्ष : ४४
पद : जुनियर असिसटेन्ट मेनेजर
६. नाम थर : शंकरप्रसाद पाठक
वतन : झापा, साबिक अर्जुनधारा गाविस–९
वर्ष : ४५
पद : जुनियर अधिकृत
७. नाम थर ; संगीत श्रेष्ठ
वतन : काभ्रे, साबिक गोकुले गाविस–५
वर्ष : २५
पद : असिसटेन्ट
८. नाम थर : राकेश महर्जन
वतन : काठमाडौं, कीर्तिपुर नगरपालिका–९
वर्ष : ३३
पद : लेखा अधिकृत
९. नाम थर : बुद्धराज तामाङ
वतन : सिन्धुली, दुधौली नगरपालिका–७ । हाल काठमाडौं,
बूढानीलकण्ठ नगरपालिका–६
वर्ष : ४०
पद : जुनियर सहायक प्रबन्धक
१०. नाम थर : कौस्तुभकेतन ढुंगाना
वतन : काठमाडौं, बूढानीलकण्ठ नगरपालिका–६
वर्ष : ३७
पद : जुनियर सहायक प्रबन्धक
११. नाम थर : विजयविक्रम शाह
वतन : नुवाकोट, विदुर नगरपालिका–२
वर्ष : ४३
पद : सिभिल होम्सका वरिष्ठ प्रबन्धक
१२. नाम थर : हरिहर लामिछाने
वतन : मकवानपुर, चितलाङ । हाल काठमाडौं महानगरपालिका–१४, कलंकी
वर्ष : ४६
पद : पूर्वलेखा समिति सदस्य
–बाह्रखरीबाट