बाँके। बाँके प्रहरीले तस्करीविरुद्धको अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाँकेले तस्करी गरेर ल्याइदै गरिएको धेरै ठुलो परिमाणमा मोबाइल सेट बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारी र इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको तस्करी निस्तेज अभियान अन्तर्गत गरिएको संयुक्त अपरेशनको टोलीले ९ सय थान मोबाइल सेट बरामद गरेको हो ।
प्रहरी सहायक निरीक्षक अधिकारी र नायब निरीक्षक बिष्टको टोलीले भारतबाट भन्सार छली गरेर मोबाइल नेपालगन्ज भित्रिएको भन्ने बिशेष सूचनाका आधारमा नेपालगन्ज १५ जमुनाह गाउँबाट ६ लाख ३० हजार रुपैयाँ बराबरका ९ सय थान आइटेलको की प्याड मोबाइल सेट बरामद गरेको हो ।
तस्करी निस्तेज अभियान अन्तर्गत असोज २७ गते बरामद गरिएका ९ सय थान मोबाइल सेटलाई बिजया दशमीको सार्वजनिक बिदाका कारण आइतबार मात्रै आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको छ । बाँके प्रहरीले तस्करीविरुद्ध अपरेशन चलाएको छ ।