काठमाडौं । भारत, अमेरिका संग क्वाड संगठनमा शामिल छ, तर अब अर्को यस्तो संगठनमा भारत सहभागी हुँदै छ जुन कि चिनको लागी चिन्ताको विषय हो । नयाँ संगठन अमेरिका, इजरायल, भारत र संयुक्त अरब इमिरेट्स को बीच गठन हुने तयारी रहेको छ । यी चार देशका परराष्ट्र मन्त्रीहरु सोमबार साँझ भेट्न जाँदैछन्। यसमा, चार देशहरु बीच समन्वय र आर्थिक साझेदारीको बारेमा कुराकानी हुनेछ। यो संगठनले पश्चिम एशिया क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। भारतका बिदेश मन्त्री एस. जयशंकर अहिले इजरायलको भ्रमणमा हुनुहुन्छ। यी ४ देशहरुको बैठक अघि इजरायल-युएई र भारत बिच कूटनीतिक वार्ता भएको छ।चीन र अमेरिकी ; ताइवानमा सेना तैनाथ नगर्न अमेरिकालाई चीनको चेतावनी
गत साता अमेरिका-इजरायल र युएईका विदेश मन्त्रीहरुको बैठक भएको थियो। यो बैठक इजरायल र अरब देशहरुको बीच अब्राहम समझौताको बारेमा आयोजित भएको थियो । यस भेटको क्रममा युएईका विदेश मन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानले भने कि उनी चाँडै नै इजरायलको भ्रमण गर्ने छन्। उनले भने कि हामी दुई देशहरु बीच बढ्दो द्विपक्षीय सम्बन्ध बाट प्रभावित छौं। यो बैठक पछि मिडियासँग कुरा गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने, ‘हामी विश्वास गर्छौं कि प्यालेस्टाइन र इजरायलका जनतालाई सुरक्षित, शान्तिपूर्ण र स्वतन्त्र तरीकाले बाँच्न पाउने अधिकार छ। हामी यसको लागि प्रयास जारी राख्नेछौं।उईगरको मुद्दा नउठाउने शर्त , भारत जस्तै चीनको पनि टाउको दुखाई तालिवान
यति मात्र होइन, यी तीन देशहरुको बैठकको क्रममा इरानको बारेमा कुराकानी भएको थियो, जसलाई परमाणु सम्झौताबाट बाहिरिने आरोप लागेको छ। भारतीय विदेश मन्त्री एस.जयशंकर अक्टोबर १७ देखि २१ सम्म इजरायलको आधिकारिक भ्रमणमा हुनुहुन्छ। यस क्रममा परराष्ट्रमन्त्री बाहेक उनले प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि भेट्ने छन्। इजरायल र भारत बीचको सम्बन्ध पछिल्लो केहि बर्षहरुमा धेरै सुधार भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी २०१७ मा इजरायलको भ्रमण गरेका थिए। भारतीय प्रधानमन्त्रीको इजरायलको पहिलो भ्रमण थियो। तब देखि, दुई देशहरु बीच ज्ञान आधारित साझेदारी बढेको छ। यस बाहेक, भारतले मेक इन इंडियामा इजरायल बाट केहि सहयोग पाएको छ। अहिले पनि इजरायलबाट भारत सङ सहकार्य योजना संचालित छ्न ।