Tuesday, December 7, 2021
spot_img
Homeअन्तराष्ट्रियबाबा रामरहिम सहित पाँच जनालाई जन्मकैद सजाय सुनाइयो

बाबा रामरहिम सहित पाँच जनालाई जन्मकैद सजाय सुनाइयो

सच्चा सौदाका प्रमुख बाबा गुरमित रामरहिम सिंहसहित अन्य पाँच जनालाई भारतस्थित पन्चकुलको विशेष अदालतले जन्मकैदको सजाय सुनाएको छ 

रन्जित सिंह ह’त्याकाण्डमा दोषी ठहरिएका रामरहिमसहित अन्य पाँचलाई सोमबार करिब १९ वर्षपछि जन्मकैदको सजाय सुनाएको हो । आफूलाई ‘गडफादर’ भनेर चिनाउने बाबा रामरहिमले १९ वर्षअघि अर्थात् सन् २००२ मा आफ्ना म्यानेजर रञ्जित सिंहको ह’त्या गर्ने षड्यन्त्र रचेका थिए ।

भारतको अनुसन्धान केन्द्र सिबिआईले रामरहिमलाई फाँ’सीको सजाय दिन माग गरेको थियो । यद्यपि, अदालतले सोमबार उनलाई जन्मकैद सुनाउने अन्तिम निर्णय गरेको छ। जन्मकैदको सजायसँगै रामरहिमलाई अदालतले ३१ लाख भारतीय रुपैयाँ जरिवाना सुनाएको छ ।

उनले अब ५० प्रतिशत जरिवाना तिर्नुपर्छ । बाँकी दोषीहरुलाई पचास हजार रुपैयाँ जरिवाना गरिएको छ । जरिवानाको आधा रकम पीडित परिवारलाई दिइनेछ ।यसअघि बलात्का’रको सजायसमेत भोगका गुरमित रामरहिम सिंहलाई अदालतले ह’त्यामा संलग्न भएको भन्दै अक्टोबर ८ मा दोषी ठहर गरेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: