बेइजिङ: चीन सरकारले महिलाको शरीरलाई मेसिनको रूपमा लिएको आरोप लगाईएको छ । आफ्नो देशको जनसंख्या नियन्त्रणका लागि चीन सरकारले महिलाको शरीर प्रयोग गरेको आरोप लगाईएको हो । टाईम्स अफ ईजरायलमा प्रकाशित सामग्री अनुसार सरकारले महिलाको शरीरलाई मेसिनको रुपमा लिएको भन्दै चिनियाँ महिला र अन्य महिला अधिकारकर्मीले सो आरोप लगाएका छन् ।
सरकारले चाहे आफुँहरुले बच्चा जन्माईदिनु पर्ने र नचाहे बच्चा जन्माउन रोक्नुपर्ने बाध्यता रहेको भन्दै त्यहाँका महिलले आक्रोश पोखेका हुन् । चिनियाँ महिलाले सामाजिक सञ्जाल एप ‘वेइवो’ मार्फत सरकारले महिला शरीरलाई मेसिनको रुपमा प्रयोग गरेको आक्रोश व्यक्त गरेका छन् । ‘यहाँ बच्चा जन्माउने आमाभन्दा बढी सरकारको हक र कानुनको भूमिका बढी छ । सरकारले चाहँदा बच्चा जन्माउ नचाहँदा आफूले चाहेर पनि नजन्माउ ! सरकारले हामी चिनियाँ महिलाको शरीरलाई मेसिनजस्तै प्रयोग गरेको छ’, एक चिनियाँ महिलाले लेखेकी छन् ।
‘चिनियाँ राष्ट्रपति सी चिनफिङ नेतृत्वको सरकारले देशको जनसंख्या घटाउने योजना बनाउँदा पनि महिलालाई जबरजस्ती गर्भपतन गराउन लगाइयो र अहिले जनसंख्याको उच्चदर घटाउन पनि सरकारले महिलाको शरीर नै प्रयोग गरेको छ’, लेखक फ्यावियन बौसर्टले टाइम्स अफ इजरायलसँग भनेकी छन् ।
सन् १९७९ देखि देशको जनगणना सुरु गरेको चीनले सोही बेलादेखि देशमा एक सन्तानको नीति लागू गरेको थियो। सो नीति पालना गर्न चिनियाँ महिलाले नचाहँदानचाहदै गर्भपतन गर्नुपर्ने बाध्यता थियो । सन् २०१५ मा चीनले पुनः दुई सन्तानको नीति अघि सारेको थियो। सो नीति असफल बनेपछि केही समयअघि चीनले पुनः सो नीति पुनरावलोकन गरी लागू गर्ने निर्णय गरेको थियो । गर्भपतनमार्फत चीन सरकारले करिब ४० करोड जन्म नियन्त्रण गरेको छ । – टाइम्स अफ इजरायल