काठमाडौं । अमेरिकामा व्यवासय गर्दै आएका आएका धनुषाका एक नेपालीको गोली प्रहार गरी हत्या भएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर घर भएका अन्दाजी ५४ वर्षीय लालकिशोर महासेठको हत्या भएको हो।
अमेरिकाको फल रिभरको म्याचुस्टरमा जेनरल स्टोर सञ्चालन गर्दै आइरेहका महासेठको हत्या भएको हो ।
सोमबार राति उनको पसलमै हत्या भएको मधेशी एसोसिएन अफ अमेरिकाका अध्यक्ष सत्येन्द्र साहले जानकारी दिए।
उनका अनुसार अमेरिकी समयअनुसार राति ९ बजे पसलमै रहेका बेला अज्ञात व्यक्तिहरूको एक समूहले गोली प्रहार गरी उनको हत्या गरेको हो ।
महासेठको हत्या कसले र किन गरेको यसबारे खुल्न सकेको छैन । घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।
महासेठ गएको १५ वर्षदेखि परिवारसहित अमेरिकामा बसेर व्यवसाय गर्दै आइरहेको बताइएको छ।
महासेठ हत्याको मधेशी एसोसिएन अफ अमेरिकाले भर्त्सना गरेको छ। उनी मधेशी एशोसिएसन अफ अमेरिकाका सल्लाहकारसमेत थिए।