Monday, November 29, 2021
Google search engine
HomeUncategorizedसंयोजक विनय यादवसहित ४१ जना अभियन्ता पक्राउ

संयोजक विनय यादवसहित ४१ जना अभियन्ता पक्राउ

शेयर गर्नु होस

काठमाडाैं : राष्ट्रिय एकता अभियानले आफ्ना अभियन्ता पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिताले प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय संयोजक विनय यादवसहित ४१ जना अभियन्तालाई पक्राउ गरी प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएकी हुन् ।

बंगलादेश, पाकिस्तान तथा विभिन्न राष्ट्रहरुमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनालाई लिएर प्रदर्शन गर्ने क्रममा प्रहरीले अभियानको नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको हो ।

जारी विज्ञप्तिमा भनिएको छ,‘ बंगलादेश र पाकिस्तानको सरकारसँग जिहादी आक्रमणकारीहरुविरुद्ध कठोर कदम चाल्न माग गर्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको पुतला दहन तथा प्रदर्शन गरिरहेको बखत अभियानका केन्द्रिय संयोजकसहित ४१ जना नेता ,कर्याकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको घटना निन्दनिय रहेको छ ।’

बंगलादेशमा भएको घटनाले नेपालको सम्पूर्ण हिन्दू समुदायको अस्थामाथि चोट पुर्‍याएको अभियानकी केन्द्रीय उपाध्यक्ष शाहले बताइन् । बंगलादेशमा हिन्दूहरुले आयोजना गरेको पूजास्थलमा संगठित रुपमा हमला गर्दै आएको घटनाविरुद्ध प्रदर्शन गर्नु कुनै अपराध नरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

तसर्थ प्रदर्शनको क्रममा पक्राउ परेका अभिानका केन्द्रीय संयोजक यादवसहितका नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न अभियानले माग गरेको छ । अभियानका नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे हामी चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने उपाध्यक्ष शाहले बताइन् ।

त्यसैगरी केही दिनअघि बंगलादेशमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनाको निन्दा गर्दै अभियानका केन्द्रीय संयाेजक यादव नेतृत्वकाे टाेलीले नेपालका लागि बंगलादेशी राजदूत सालाऊदीन रमन चौधरी मार्फत प्रधानमन्त्री हसिना समक्ष आक्रमणकारीहरुविरुद्ध कठोर कदम चाल्न ज्ञापन पत्र बुझाएकाे थियाे ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: