काठमाडौं । पाँच वर्षीया बालिकालाई यौ‘न शो‘षण गरेको आरोपमा एक जना ५१ वर्षिय उपप्रध्यापक पक्राउ परेका छन् । जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक कपिलदेव मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
जनकपुरधाम-८ का उपप्रध्यापक मण्डलले आफ्नै घरमा बस्ने भाडामा बस्ने सिरहाका एक व्यक्तिकी पाँच वर्षीया छोरीलाई केही महिनादेखि यौ’न शो’षण गरेको आरोप छ । मण्डलले गणेश पूजाको मौका छोपी छोरीको यौ’न शो’षण गरेको पीडितका बुबाको दाबी छ ।
बालिकाको यौना’ङ्गमा घाउ देखिएपछि घटनाबारे थाहा भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन् । प्रहरीले पीडित बालिकाको शुक्रबार नै मेडिकल जाँच गराएको छ ।
प्रहरी नियन्त्रणमा रहेका मण्डलविरुद्ध बाल यौ’न दुर्व्यव’हारसम्बन्धी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।