Tuesday, November 30, 2021
spot_img
Homeजीवनशैलीकिन छोरा र छोरीका लागि अलग-अलग खेलौना ?

किन छोरा र छोरीका लागि अलग-अलग खेलौना ?

शेयर गर्नु होस

रितु केही दिनमा आमा बन्नेवाला छिन् । भारत हरियाणमा बस्ने रितु आफ्ना बच्चाको हरेक इच्छा पूर्ति गर्न चाहन्छिन् । र, उनले हुनेवाला बच्चाका लागि एउटा कोठामा खेलौना र आवश्यक सबै सरसामन जुटाइसकेकी छिन् ।

छोरी भएमा गुलाबी रंगको जम्पर सूट र गडिया अनि छोरा भएमा निलो रंगको जम्पर सूट र टेडि बियर ।

किन छोरीलाई गुलाबी रंगको खेलौना र छोरालाई निलो रंगको ? यो प्रश्नमा उनी भन्छिन्, ‘किनभने छोरीलाई गुलाबी रंग मनपर्छ । हामीले पनि त सानोमा गुडिया खेल्यौं । तर, छोराले यस्तो रंग र खेलौना मन पराउँदैनन् ।’

गुगलमा छोरी वा छोराको खेलौना सर्च गर्ने हो भने त्यसमा स्पष्ट रुपमा विविधता देख्न सकिन्छ । गुगलमा छोरीको खेलौनामा मेकअप सेट, किचेन सेट, गुडिया आदि देखिन्छ जो अक्सर गुलाबी रंग हुन्छ । त्यसैगरी छोराको खेलौनामा थरीथरीका गाडी, बिल्डिङ ब्लक र रोबट देखिन्छ ।

तर, तपाईंले सोच्नुभएको छ यस किसिमले छोरा र छोरीको लागि फरक फरक खालको खेलौना कसले तय गरिदिएका हुन् ? कसले छोरीलाई गुलाबी र छोरालाई निलो रंग रोजिदिएका हुन् ?

यस प्रश्नमाथि अगाडि चर्चा गरिनेछ तर त्यसअघि हामीले यो कुरा जान्नुपर्छ कि हामीले किन यस विषयमा चर्चा गरिरहेका छौं ?

खासगरी डेनमार्कको खेलौना बनाउने कम्पनी ‘लेगो’ले घोषणा गरेको छ कि उसले आफ्नो उत्पादन र मार्केटिङबाट लैंगिक असमानता वा जेन्डर स्टीरियोटाइप हटाउनेछ । लेगो कम्पनीले यो निर्णय एक सोध पनि गरेको हो । लेगोको प्रमूख बजार प्रवन्धक जुलिया गोल्डिनले भनेकी छिन्, ‘रचनात्मक खेलले बच्चामा आत्मविश्वास, रचनात्मकता र संचार कौशल बढाउनमा सहयोग गर्छ । तर, हामीले अहिले पनि अनुभव गर्न सक्छौं कि पुरातन रुपमै चलिआएको स्टीरियोटाइप गतिविधिमा छाप लगाइएको छ कि यो एक विशेष लिंगको लागि सही छ । तर, लेगो समूहमा हामी जान्दछौ कि यसलाई सही गर्न हाम्रो भूमिका हुनुपर्छ ।’

शोधको नतिजा के थियो ?

लेगोले एक शोध गर्ने संस्था जीना डेभिस इन्स्टिच्युट अन जेन्डर इन मिडियासँग मिलेर शोध गरेको थियो, जसमा सात मुलुकका सात हजार मान्छेसँग कुराकानी गरिएको थियो । त्यसमध्ये पहिला ६ देखि १४ बर्षका बच्चाका अभिभावकसँग र पछि बच्चासँग पनि कुरा गरिएको थियो । यस सवेक्षणमा अमेरिका, चीन, जापान, पोल्यान्ड, रुस, चेक रिपब्लिक र युकेका अभिभावक र बालबच्चा सामेल गरिएको थियो ।

यस शोधमा के पाइयो भने छोरीको तुलनामा छोराले लिंग भेदको महसुष कम गरेका छन् साथसाथै उनीहरुले अलग अलग किसिमको रचनात्मक खेललाई खुला मनले अपनाएका छन् । छोरीका लागि जुन कुरा खेल्न दिइन्छ त्यो छोराले खेल्न लजाउँछन् । उनीहरु के सोच्छन् भने यस्तो खेलौना खेलियो भन्ने मान्छे हाँस्छन् ।

केटा र केटीको एउटै खेलौना

सुहासिनी पाल खेलौना डिजाइनर हो, जसले ३ सय बढी खेलौना डिजाइन गरिसकेकी छिन् । । उनले लेगोको कदमलाई सकारात्मक र समाजको लागि प्रगतिशिल कदम बताएकी छिन् । सुहासिनी पालका ग्राहक भारतमा मात्र होइन, थाइल्यान्ड, इटली, बेलायत, अमेरिका टर्की र फ्रान्स जस्ता देशमा पनि छ । उनले किन्डर जोय, डिजनी, हेप र छाटा भिम जस्ता ब्रान्डका लागि खेलौना बनाइसकेकी छिन् ।

खेलौना डिजाइनर भएका नाताले उनले आफ्नो खेलौनामा सुनौलो र हरियो रंग प्रयोग गरेका छन्, ताकि यो छोरा अनि छोरी दुबैका लागि सराबरी होस् ।

बजार के भन्छ ?

फनस्कूल खेलौना बनाउने कम्पनी हो । कम्पनीका सिइओ आर जेसवन्त भन्छन् कि भारतको खेलौना बजार नयाँ हो । पुरानो बजार अर्थात यस्तो देश जाहाँ खेलौनाको बजार सदियौदेखि सञ्चालनमा छ । त्यहाँ छोरा र छोरी दुबै एकअर्काको खेलौना मिलेर खेल्छन् ।

यद्यपि फनस्कूल इन्डिया लिमिटेडका सिइओ आर जेसवन्तले बिबिसीसँग भनेका छन्, ‘म यो भन्न सक्दिन कि सबै खेलौना लिंगमा आधारित हुन्छ । पक्कै पनि केही खेलौना केटाहरुको लागि र केही केटीहरुको लागि बनाइएको छ । फूनस्कुलले अहिलेसम्म यस्तो तटस्थ खेलौना बनाउनका लागि कुनै यस्तो कदम उठाएको छैन ।

खेलौनामा फरक के ?

पञ्जाव युनिभर्सिटीमा विमेन स्टडिज विभावका डा. अमीर सुल्ताना भन्छन् कि, ‘तपाईं जब छोरा र छोरीलाई खेलौना दिनुहुन्छ तब छोरीले धेरैजसो गुलाबी रंगको खेलौना र छोराले निलो रंगको खेलौना रुचाउनेछ ।

उनी रंगको सिद्धान्तलाई लिएर यसो भन्छन्, ‘गुलाबी रंग सुन्दरताको प्रतिक हो । निलो रंग आकास र समुन्द्र जोड्ने रंग हो । निलो रंगले असीमितता र बलियो भन्ने संकेत गर्छ ।’

उनी थप्छन्, ‘छोरीको खेलौना हेर्नुभयो भने पित्तृसत्तात्मक सोच देखिन्छ । उनको खेलौनाले पालन पोषण गराउने भूमिकामा देखाइन्छ । उनीहरुको खेलौनामा गुडिया, किचेन सेट, मेकअप सेट देखिन्छ । अर्कोतिर छोराको खेलौना साहसिक खेलसँग सम्बन्धित हुन्छ । जस्तो रोबोट, गाडी, गन, जसले पुरुषको आक्रमकता देखाउँछ ।’ खेलौनाको माध्यामबाट छोरीलाई घर सम्हाल्न, बच्चा सम्हाल्न आदि सिकाइने तर छोरालाई यस्तो नसिकाउने उनी बताउँछन् ।

यस कुरालाई जोड दिदै साक्षी सिंघल भन्छन् कि खेलौना बनाउने कम्पनीले छोरा र छोरीका लागि अलग खेलौना बनाउनुको स्वार्थ भनेको मुनाफा आर्जन गर्नु मात्र हो ।

कतिपय पसल त यस्तो हुन्छ, जहाँ छोरा र छोरीका लागि अलग अलग गरिएको हुन्छ । यदि छोराले गुडिया खेलेमा उनलाई हाँसोको पात्र बनाइन्छ । उनलाई कमजोर भनी औल्याउने गरिन्छ ।

लेगोले जुन सोध गरे, त्यसमा शोधकर्ताले भनेका छन् कि यो जेन्डर स्टीरियोटाइपले बच्चाको रचनात्मक विकासमा असर गर्छ । भविष्यमा गएर उनीहरु त्यही बाटो रोज्छन्, जसले उनीहरुको बाल मनोविज्ञानमा छाप छाडेको थियो ।

साक्षी सिंघल भन्छन् कि खेलौना एक बच्चाको विकासमा अह्म हुन्छ । यदि लैंगिक हिसाबले तटस्थ खेलौना बनाउने हो भने त्यसले बच्चामा भावनात्मक, सामाजिक, नैतिक र संज्ञात्मक विकास गर्न सहयोग गर्नेछ । उनका अनुसार खेलौनाको कुनै रंग हुँदैन, न लिंग नै ।

बिबिसीबाट

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: