Thursday, December 9, 2021
spot_img
Homeदेशकिर्तिपुरबाट चोरिएको १७औं शताब्दीको गणेशको मूर्ति अमेरिकाको निजी संग्राहलयमा

किर्तिपुरबाट चोरिएको १७औं शताब्दीको गणेशको मूर्ति अमेरिकाको निजी संग्राहलयमा

काठमाडौं । कीर्तिपुरस्थित बाघभैरव मन्दिरबाट हराएको गणेशको प्रस्तर मूर्ति अमेरिकाको सान फ्रान्सिस्कोमा भेटिएको छ ।

नेपाली कला सम्पदाको पहिचान तथा घरफिर्ती अभियानको सहयोगी लस्ट आर्टस् अफ नेपाल अभियानले दिएको सूचनामा उक्त मूर्ति सान फ्रान्सिस्कोस्थित निजी संग्रहालय जानडु ग्यालरीमा फेला परेको हो।

क्त मूर्तिलाई १७औं शताब्दीको सिर्जना मानिएको छ । सोही ग्यालरीमा काठमाडौंको ज्याठाबाट हराइरहेको गणेश भगवानको नृत्यरत मुद्राको टुाडाल समेत गत साता मात्रै फेला परेको थियो ।

सन् ८० को दशकमा ज्याठाको छुस्या बहालबाट चोरी भएको टुाडाल जानडु ग्यालरीमा फेला परेको हो । यसैगरी, गत साता मात्रै यही ग्यालरीमा पाटनको गुइत टोलको बौद्ध बिहारबाट हराइरहेको भगवान बुद्धको प्रस्तर मुर्ति फेला परेको थियो ।

नवौं शताब्दीमा निर्माण भएको मानिने अक्षोभ्य बुद्धको मूर्ति पनि पाटनबाट सन् ८० को दशकमै हराइरहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

भर्खरै प्रकाशित

उखुको मूल्य बढ्ने

Recent Comments

%d bloggers like this: