काठमाडौं । प्रहरी प्रधान कार्यालयले धनुषा र सर्लाहीका प्रहरी प्रमुख(एसपी)को काज सरुवा गरेको छ । धनुषामा कार्यरत एसपी प्रकाश राणभाट्ट र सर्लाहीमा कार्यरत एसपी सन्तोष सिंह राठौरलाई काज सरुवा भएको प्रदेश २ प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयले सर्लाहीमा एसपी कृष्ण प्रसाईं र धनुषामा एसपी बसन्त रजौरेलाई पठाइएको छ । प्रसाईं यसअघि प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाममा कार्यरत थिए ।
बिहीबार जनकपुरमा खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख राजेश कुशवाहालाई सिके राउतको जनमत पार्टीका कार्यकर्ताले बन्ध’क बनाएर नगर घुमाउँदा प्रहरी रमिते बनेका थिए । यस घटनामा प्रहरीको कमजोरी औल्याउँदै धनुषा प्रहरी प्रमुख एसपी राणभाट्टलाई परिवर्तन गरिएको प्रहरी स्रोतले बतायो ।
यसैबीच सर्लाही जिल्लामा गैरका‘नूनी कार्य नियन्त्रणमा प्रहरीको हस्तक्षे’प कमजोर देखिएको भन्दै आलोचना भैरहेको थियो । चोरी तस्क’री नियन्त्रणमा प्रहरीको भूमिका कमजोर देखिएको गुनासो बढ्न थालेपछि यहाँ कार्यरत एसपी राठौरलाई काज सरुवा गरिएको बताइएको छ । – नागरिक