काठमाडौं । भक्तपुरमा मोटरसाइकल र मिनी ट्रक ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्रदेश नम्वर ३–०२–०१७ प ७९४२ नम्वर को मोटरसाइकलमा सवार चाँगुनारायण नगरपालिका वडा नम्वर ५ छालङका सुरज तामाङ रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा अन्नपूणर्मा शनिबार साँझ न्यूरो अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलका चालक चाँगुनारायण–५ का १९ वर्षीय महेश्वर खड्का सामान्य घाइते छन् । उनी सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
भक्तपुर नगरपालिका–१ स्थित यती कार्पेट नजिकबाट सल्लाघारीतर्फ जाँदै गरेको मोटरसाइकल चोङ्गा गणेश मोटर पार्ट्स ग्यारेजबाट मुख्य सडकमा निस्किदै गरेको प्र.नं. ३–०१–००३ क. ५०६५ नं. को मिनी ट्रकसँग ठोक्किएको थियो ।
ट्रक चालक भक्तपुर नगरपालिका–१० कमलविनायक महालक्ष्मीका ३३ को लक्ष्मी प्रसाद दुवाललाई प्रहरीले नियन्त्रणम लिएको छ ।
दुर्घटना असावधानिबस भएको प्रहरीको भनाइ छ ।