एजेन्सी – भारतमा उच्च शिक्षा हासिल गरेको एक जोडीले आत्महत्या गरेका छन्। घटना पश्चिम बंगालको हुगली जिल्लाको हो।
कन्हाइपुरमा एक सफ्टवेयर इन्जिनियर र पिएचडी गरेकी उनकी प्रेमिकाले आ–आफ्नो कोठमा झुण्डिएर आत्महत्या गरेका छन्। मृतक युवकको नाम मनोजित सिन्हा हो। उनी कोलकताको एक ठूलो कम्पनीमा सफ्टवेयर इन्जिनियर थिए।
वर्धमान जिल्ला स्थायी घर भएका उनी नोकरीको सिलसिलामा हुष्ली भएका थिए। कन्हाइपुरमा उनी भाडाको कोठामा बस्दै आएका थिए। एकै इलाकामा रहने भएकाले उनीहरु दुईबीच चिनजान भयो।