राजविराज । राजविराजको एक बैंकबाट सर्वसाधारण ठगिएका छ । ऋण फर्छ्यौट गरी (फुकुवा लेटर पाइसक्दा)पनि सनराइज बैंक शाखा राजविराजले मनि किराना पसलको नाममा रहेका खाता बाट ४ लाख ४१ हजार ८ सय ३६ रुपैयाँ ७७ पैसा (पेनाल्टी बाहेक) गायव पारिएको छ ।
सप्तरीको बोदे बरसाइन नगरपालिका–५ बोदे बरसाइनका कृष्णदेव भगतले आइतवार राजविराजमा पत्रकार सम्मेलन गर्दै सनराइज बैंक शाखा राजविराजबाट आफु ठगिएको दावी गरेका छन् ।
आफु व्यपार र पसलको संग कारोवार गरिरहेको व्यक्तिलाई चेक दिए पछि कारोवारीले खातामा पैसा नै छैन भनेपछि आफुलाई विश्वास नै लागेन उनले भने–र म बैंक पुगेर बुझदा बैंकले सिस्टमको गडबडीले त्यसो भएको हुनसक्ने बताए । उनले पैसा फिर्ता आउछ भनेर विश्वास समेत दिलाएको बताए ।
रकम फिर्ता नपाएपछि शाखा प्रबन्धक मुकेश साहलाई लाई उजुरी दिन जादा त्यहाँबाट पनि दुर्व्यवहार नै भएको भगतको आरोप छ । भगतले पत्रकार सम्मेलनमा भने–‘पुरानो लोन बाँकी थियो भन्नुहुन्छ तर मैले त सबै ओडी फर्छ्यौट गरेर फुकुवाधको चिठी (लेटर) पनि पाइसकेको छु र सो जग्गाबाट त अर्को बैंकमा लोन पनि लिइसकेको छु म्यानेजरलाई भने ।
मानौं ओडी बाँकी नै हुन्थ्यो भने चार महिनासम्म बैंकले मलाई खोजी किन गरेन ? ’ खाताबाट ५ हजार ३२९ रुपैयाँ ४२ पेनाल्टी र ४ लाख ४१ हजार ८३६ रुपैयाँ ७७ पैसा काटेको भगतको कथन छ ।
भगतका अनुसार मणि किराना पसलको नाममा राजविराज शाखामा रहेको खाता नम्बर ०२४१०२५३८३१०१५ को गत असार ९ गते ओडी लोन फर्छ्यौट गरेर असार १३ गते बैंकबाट फुकुवाको चिठी (लेटर ) पनि पाइसकेको छु ।
। राजविराज शाखा प्रबन्धक साहले सिस्टमको गडबडीले ओडी लोन बाँकी नै रहेकोले खातामा पैसा आएपछि त्यसो रकम काटिएको हो’ उनले भने–‘ग्राहकबाट त्यस्तो कुरा आइसकेपछि हामीले केन्द्रीय कार्यालयमा पनि जानकारी गरायौं र त्यहाँबाट नै सिस्टममा गडबडी भएको विषय अनुसन्धान भयो ।
यता बैंकले साल्ट ट्रेडिंग कर्पोरेशन केन्द्रीय कार्यालयको खाता बाट पनि ७४ लाख रुपैया गायब गरिएको छ । यो दुई वटा खाता उदाहरण मात्र भएको स्थानियहरुको आरोप छ ।
बैंकको दर्जनौ ग्राहको खाता बाट पैसा गायब भएको छ । स्थानिय व्यपारीका अनुसार बंैकका केही कर्मचारीहरुले हुन्डीको कारोवार गरिरहेको समेत आरोप लगाएको छ ।
साल्ट ट्रेडिंग कर्पोरेशन राजविराजले जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएको छ ।, असारबाट साल्ट ट्रेडिंग कर्पोरेशनको खाता बाट पैसा गायव भएको साल्ट ट्रेडिंग कर्पोरेशनका एक कर्मचरीले बताए ।
बैंकबाट साल्ट ट्रेडिंग कर्पोरेशनको पैसा गायब भएपछि घटना संग सम्बन्धीत कर्मचारी चन्दर सिंह र सोनी दासलाई बंैकले निलम्बन गरिएको छ ।
कर्मचरीहरुले बैंकको पैसा गायव गरी चर्को व्यजमा कम समयका लागि व्यपारीहरुलाई ऋण दिने र हुन्डी लगायतका गैरकानूनी क्षेत्रहरुमा पैसा लगाई दोब्बर पैसा कमाउने जस्ता अपराधहरु गरिररहेको आशंका गरिएको छ ।