काठमाडौं : निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले यस्तो प्रस्ताव गरेको हो ।
कानून बमोजिम चैत पहिलो साताभित्र स्थानीय तहको चुनाव हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिने बताइएको छ । त्यसभन्दा तीन महिनाअघि नै निर्वाचन हुनुपर्छ ।
स्थानीय तहको निर्वाचन गर्न ६ महिना भन्दा कम समय रहेकाले अब रिक्त ठाउँमा भने उपचुनाव हुने छैन । त्यस्तै फागुनमा रिक्त हुने राष्ट्रियसभाको निर्वाचन माघको पहिलो साता गर्न आयोगले सरकार समक्ष सिफारिस गरेको छ ।