जनकपुरधाम । पक्राउ परेका कार्यकर्तालाई यातना दिन र आन्दोलनमा दमन गर्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएको भन्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत आक्रोस व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा आक्रोस पोख्दै पक्राउ परेका कार्यकर्ता रिहा नगरे र यातना दिए मुख्यमन्त्रीविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘रिहा गरेन र यातना दिइराख्यो भने मुख्यमन्त्रीको घेराऊ गर्नुपर्ने र प्रदेश सरकारलाई नै हटाउनु पर्ने हुनसक्छ ।’
उनको स्टाटस यस्तो छ :
तुम्हारी दीवार उतनी ऊँची कहाँ, जितने हमारे हौसले हैं
प्रदेश नं. २ का मुख्यमन्त्रीरमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर पक्राऊ गरेका १७ नायकहरूलाई हिरासतमा यातना दिने र मधेशी जनताको आन्दोलनमाथि चरम दमन गर्न निर्देश दिएको सूचना प्राप्त भएको छ।
यदि पक्राऊ परेका १७ आन्दोलनकारी मधेशका नायकहरू रिहा भएन र मधेश आन्दोलनमाथि दमन भयो भने, प्रदेश नं. २ सरकारका छोटे राजा रजौटाहरूको हालत जनताले फ्रान्सेली क्रान्तिमा जस्तै गर्ने हो कि भन्न सकिन्न । आखिर जनता त जनता न हुन् । प्रदेश नं. २ सरकारविरूद्ध पनि आन्दोलन शुरु हुन सक्छ ।
तपाईंहरूलाई सेना प्रहरीको घेरामा बस्दा बस्दा धेरै घमण्ड भएको होला, तर २/२.५ लाख सेना प्रहरीले तीन करोड़ जनतालाई रोक्न सक्छरु जनताले चाह्यो भने यहीं जनकपुरमा १५ मिनेटभित्र जस्तोसुकै सुरक्षा घेराभित्र जनकारबाही गर्न सक्छ । अरू कुरा छोड्नोस्, हिरासतमा रहेका १७ जना आन्दोलनकारीको १७ गाउँबाट मात्रै मान्छे ओर्लियो भने सारा सुरक्षा निकाय असफल हुनेछ । त्यसो त डा. साहबको निर्देशले उनीहरूको हात बाँधिएको थियो, नभए यी युवाहरूमा कुन रगत बग्छ थाहै छ होला । जुन दिन डा. साहब उनीहरूको हात बाँध्न र संयम हुन निर्देश दिन यहाँ हुने छैन, त्यो दिनको परिकल्पना नगर्दा नै वेश। सत्ताको धेरै घमण्ड नपालौं, राजनैतिक सत्ता अस्थायी हुन्छ।
नोट: #मुख्यमन्त्री र सत्ताधारी पार्टी #जसपा को निर्देशनमा प्रहरी हिरासतमा यातना भोगिरहेका र भेटघाट समेतबाट बंचित गरिएका सबै आन्दोलनकारीहरूको गाउँका सबैले (सबै पार्टी, सबै पक्ष) समेतले आन्दोलनको तैयारी थाल्नोस् । रिहा गरेन र यातना दिइराख्यो भने #मुख्यमन्त्रीको #घेराऊ गर्नुपर्ने र प्रदेश सरकारलाई नै हटाउनु पर्ने हुनसक्छ ।