बाल क्लब समन्वय संजाल पर्साकाे जिल्ला बाल भेला सम्पन्न
बीरगन्ज । जिल्ला बाल क्लक समन्वय संजाल पर्साकाे प्रथम जिल्ला भेला आइतबार बीरगन्जमा सम्पन्न भएकाे छ ।
जिल्ला समन्वय समिति पर्साकाे सभाहलमा भएकाे भेलाकाे प्रदेश नं. २ का महिला, बालबालीका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले उद्घाटन गरेका थिए ।
उद्घाटन गर्दै मन्त्री सिंहले बालबालिका देशको भविष्य हुन् र उनिहरू गलत दिशामा गए देशको बिकास नहुने बताए ।
त्यसैगरि उनले “सात वटै प्रदेश मध्ये सबभन्दा गरिब र अशिक्षित प्रदेश, नं. २ नै रहेकाे बताए । शिक्षा भए गरिबी आफै हटेर जान्छ तर हाम्राे समुदाय कसरी शिक्षा प्रती आक्रशित हुन्छ त्यस तर्फकाे साेच्न विकास गर्न जरुरी रहेकाे उन्ले बताए । उनले आफ्नो दायित्व पूरा नगर्ने अरुमाथी दोष थुपार्ने परिपाट्टीकाे बिकास हुँदै गएकाे कारण प्रदेश, नं. २ काे विकास हुन नसकेकाे समेत बताए ।
प्रदेशको गरिबी र अशिक्षा हटाउन प्रदेश सरकार लागि परेको मन्त्री सिंहले वताए । रुढीबादी परम्पराका कारण पनि गरिबी र अशिक्षा हटाउन समस्या भएको उनको भनाई थियो । साथै उनले भने “छोरा र छोरीमा मतभेद भएका कारण हमि पछाडि परेका छाै ।”
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री सिंहले जोशिला युवाहरुको राजनीतिमा जरुरी रहेको वताए । अनुभवको कमिले प्रदेश सरकारलाई काम गर्न केही समस्या भएको समेत वताए । उनले नेतृत्वमा युवाको जरुरी रहेको धारणा राखे ।
जिल्ला बाल क्लब समन्वय संजाल पर्साका अध्यक्ष अर्जुन साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बीरगन्ज महानगरपालिकाकी उप प्रमुख शान्ति कार्की, पटेर्वा सुगाैली गाउँपालिकाकी उपाध्यक्ष ममता चाैधरी, दिव्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक दिपेन्द्र श्रेष्ठ, पत्रकार शम्भु कुमार सुमन लगायतकाले मन्तव्य राखेका थिए ।
त्यसै गरि भेलाकाे बन्द सत्रले जिल्ला बाल क्लब समन्वय संजालकाे पूर्ण गठन गरेकाे छ । अर्जुन साहकाे अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेकाे हाे ।
जस्मा समितिकाे उपाध्यक्षमा मान्सी साह, सचिव नितु यादव, सह सचिव धर्मराज सहनी, काेषाध्यक्ष संदिप साह, सदस्यहरुमा सराेज पटेल, कमलेश साह, प्रिती मिश्रा, हरिओम यादव, प्रतिक्षा चाैधरी, आलाेक नारायण पटेल रहेका छन् ।