संजय यादव, सिरहा
कार्तिक ८, २०७८
रक्तदान जीवन दानलाई आत्मसात गर्दै सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिरहाको गोलबजारमा रक्तदान कार्यक्रम गरेका छन् । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिकोत्सवको अवसरमा गोलबजार शाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा ५८ युनिट ब्लड संकलन भएको गोलबजार शाखाको शाखा प्रमुख शशिशेखर यादवले जानकारी दिए । बैङ्किङ्ग कारोवार बाहेक सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गर्दै आईरहेकोे र त्यसमध्ये नै रक्तदान कार्यक्रम एक रहेको शाखा प्रमुख यादवले बताए । विश्व कोरोना माहामारीसंगै यतिबेला मुलुकको विभिन्न जिल्लाहरुमा रगतको चरम अभाव भएको बेला यो रक्तदान कार्यक्रमले केही हदसम्म सहयोग पुग्ने सातौं पटक आफ्नो अमुल्य रक्तदान गरेका युवा ललित यादवको कथन रहेको छ । रक्तदान कार्यक्रममा सुरक्षाकमीर्, राजनीतिकर्मी, स्वास्थ्यकर्मी, ब्यापारी, विद्यार्थी समेतले रक्तदान गरेको शाखा प्रमुख यादवले भने । चौथो वार्षिकोत्सवको अवसरमा कम्पनीले बर्दिवास क्षेत्र अन्तर्गत सप्ताहव्यापी कार्यक्रम आयोजना गरेका छन् । आफ्नो अमुल्य रक्तदान गरी कार्यक्रममा प्रत्यक्ष ÷अप्रत्यक्ष रुपले सहयोग गर्ने सबै महानुभावलाई शाखा प्रमुख यादवले मुरीमुरी धन्यवाद समेत दिएका छन् ।