Tuesday, December 7, 2021
spot_img
Homeसमाचारअध्यक्ष ‘प्रचण्ड’माथि दुर्गा प्रसाईंको गम्भीर प्रश्न १७ हजार नेपाली किन मारेको ?

अध्यक्ष ‘प्रचण्ड’माथि दुर्गा प्रसाईंको गम्भीर प्रश्न १७ हजार नेपाली किन मारेको ?

काठमाडौं । लामो समयसम्म नेकपा माओवादी केन्द्रनिकट व्यवसायीका रूपमा परिचित झापाका व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेमा प्रवेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गम्भीर प्रश्न गरेका छन् ।

आईतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा झापामा भएको कार्यक्रममा व्यवसायी प्रसाईं एमालेमा प्रवेश गरेका छन् ।
कार्यक्रममा लिखित भाषण पढेर सुनाएका व्यवसायी प्रसाईं माओवादीविरुद्ध कडारूपमा बोलेका छन् । प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीको उच्च प्रशंसा समेत गरेका छन् ।

व्यवसायी प्रसाईंले भाषण गर्दा एमाले कार्यकर्ताले अनवरत ताली र हुटिङका साथ समर्थन गरेको देखिन्थ्यो ।

प्रसाईंले भने, ‘ओली हजुरबालाई मैले नजिकबाट बुझ्ने मौका पाएँ । उहाँमा मैले सिंगापुरका नेता लि क्वान यु र मलेसियाका महाथिरको अनुहार देखिरहेको छु । मैले कुनै चाकडी गरेर भनिरहेको छैन ।’

व्यवसायी प्रसाईंले माओवादी अध्यक्ष प्रचण्डमाथि सिधा प्रहार गरेका छन् । उनले कार्यक्रममै भने, ‘के यही दिन देख्नका लागि १७ हजार मान्छेको बलिदानी गरिएको हो ? यही दिन देख्नका लागि जनताले गोली खाएका हुन् ? देशलाई आखिर केका लागि २०० वर्ष पछाडि धकेलियो ? अब पनि उनीहरुसँग जवाफ मागेनौ भने हामी उनीहरुका दास मात्र हुनेछौं ।’

अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईहरूले जनयुद्धको बलिदानीलाई देउवाको पैतालामा चढाएको आरोप समेत प्रसाईंले लगाएका छन् । मिडियाडबलि

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: