काठमाण्डाैं । नेपाल खानेपानी तथा ढल निर्माण विभाग जनकपुरका प्रमुख इन्जिनियर राजेश कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएको घटनाले भएकाे उनकाे अपमानकाे राज्यसित सम्मानजनक क्षतिपूर्तिको माग गरिएकाे छ ।
नेपाल कुशवाहा कल्याण समाजले संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँडलाई विहिवार ज्ञापनपत्र बुझाउदै इन्जिनियर कुशवाहालाई राज्यद्वारा सम्मानजनक क्षतिपूर्तिको व्यवस्था गर्नुका साथै मानवअधिकारको हनन एंव ब्यक्तिगत मानमर्दन गर्ने दोषीहरुमाथी कडाभन्दा कडा कारवाही गर्न माग गरेकाे हाे ।
गृहमन्त्री खाँडले इन्जिनियर कुशवाहालाई राज्यले सम्मानजनक क्षतिपूर्तिको ब्यवस्था गर्ने र दोषीहरु उपर कडा कारवाही गर्ने बताउनु भयो । उहाँले कुशवाहा समाजलाई राज्यको हरेक निकायमा स्थापित गर्न यो सरकारले विशेष भूमिका खेल्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
समाजका केन्द्रिय अध्यक्ष तपेश्वर महतोको नेतृत्वमा गएकाे टाेलीमा समाजका उपाध्यक्ष राकेश मेहता, महासचिव मनोज सिंह, सचिब बिरेन्द्रकुमार मेहता, केन्द्रिय सदस्य अरुणकुमार महतो, बुद्धिजीवी समाजका अध्यक्ष डिएन महतो, उपात्यका अध्यक्ष ललिन्द्र महतो, उपत्यका सहसचिव शम्भु कुशवाहा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यसै क्रममा नेपाल कुशवाहा कल्याण समाज नवलपरासी जिल्ला कार्य समितिले पनि एक विज्ञप्ति प्रकाशन गरी घटनाकाे निन्दा एवम घाेर धर्त्सना गर्दै दाेषीहरूमाथि कडा भन्दा कडा कार्वाही काे माग गरेकाे छ । समाजका जिल्ला अध्यक्ष वृजराज कुशवाहाद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, राज्यसत्ता तथा देशकाे कानुनकाे बेवास्ता गर्दै प्रमुख इन्जिनियर राजेश कुशवाहालाई गरिएकाे अपमानजनक व्यवहार एक राजनीतिक दलकाे नभएर अराजकता एवम लुटपाट मचाउने नियतले गरिएकाे प्रष्ट भएकाे छ ।
जनमत पार्टीका कार्यकर्ताहरुले गएकाे कार्तिक ४ गते नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1