चीनले अफगानिस्तानमा विकसित परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ।
तालिबानलाई समर्थन गर्ने चिनका विदेशमन्त्री वाब यीले अफगानिस्तानलाई आवश्यक सहयोग र संक्रमण व्यवस्थापनका लागि पाकिस्तानसँग समन्वय गर्ने बताएका हुन्।
बुधबार साँझ विदेशमन्त्री वाब यी र पाकिस्तानी विदेशमन्त्री साहमोहमद कुरेसीबीच फोनवार्ता भएको थियो। फोनवार्ताका क्रममा विदेशमन्त्री वाब यीले हाल अफगानिस्तानमा विकसित परिस्थितिलाई सामान्य बनाउन र त्यहाँको संक्रमणकालीन व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग सम्पर्क र समन्वय गरेर अघि बढ्ने बताएका हुन्।
उनले अफगानिस्तानलाई आतंकवादविरुद्ध लड्न चीनले सहयोग गर्ने पनि बताएका छन्।