लण्डन – बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ठूलो घोषणा गरेका छन् । राष्ट्रवादी घोषणा गर्दै देउवाले अर्को देशको नागरिकता लिइसकेका नेपालीलाई नेपालमा भोट हाल्न पाउने अधिकार दिन नसकिने घोषणा गरेका हुन् ।
नेपाली दूतावास लण्डनमा गैरआवासीय नेपाली संघ (एनआरएन)का पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले भने, ‘विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन सकिँदैन । त्यसका लागि संविधान नै बद्ल्नुपर्ने हुन्छ, जुन तत्काल सम्भव छैन ।’ यसबाहेकको अरु सुविधा दिन भने आफू तयार रहेको देउवाले प्रतिबद्धता जनाए ।
देउवाले लामो समयदेखि सुल्झिन नसकेको भूतपूर्व गोर्खा सैनिक समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।