Monday, November 29, 2021
Google search engine
Homeदेश‘मोदी नेपाल आउने, देउवा भारत जाने’

‘मोदी नेपाल आउने, देउवा भारत जाने’

शेयर गर्नु होस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका समकक्षी नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने बताएका छन्।

बेलायतमा भएको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप२६) मा भाग लिएर आज (बिहीबार) बिहान काठमाडौं आइपुगेका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा भारतका प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने बताएका हुन् ।

उनले आफूले नेपाल आउन निमन्त्रणा दिएको र जवाफमा उनले आउने बताएको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले आफुलाई पनि मोदीले भारत भ्रमणमा बोलाएको बताए ।

यधपि कहिले आउने भनेर मिति तय नभएको उनले बताए ।

अर्को प्रसंगमा देउवाले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने दावी गरेका छन् ।

, ‘गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनबारे कुनै किसिमको शंका नगर्नु भए हुन्छ ।’प्रधानमन्त्री देउवाले भने ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: