काठमाडौं । नेकपा एमालेको पक्षमा तराई-मधेशमा जनलहर उर्लिएको छ । युवा संघ नेपालले आज आयोजना गरेको युथ फोर्स जिल्ला भेलामै दसौं हजार भन्दा बढी युवाहरु सहभागीभई तराईमा एमालेको पक्षमा जनलहर उर्लिएको प्रमाण दिएका हुन ।
कार्यक्रम अघि आयोजित मोटर साइकल जुलुसमै ५ हजार भन्दा बढी युवाहरु सहभागी भएका थिए । पछिल्लो समय तराई मधेशका जनतामा एमालेबिरुद्ध छरेको भ्रम हटेको र तराई मधेशको समृद्धि एमाले नेतृत्वको सरकारबाट मात्रै संभव हुने निश्कर्षका साथ यहाँका नागरिक एमालेप्रति आकर्षित हुन थालेका हुन ।
आजको भेलाबाट सरोजचन्द्र यादव युथप फोर्स सिरहाको संयोजक चयन हुनुभएको छ ।