Thursday, December 9, 2021
spot_img
Homeविचारप्रसूति गृहमा ‘प्रि-नेटल स्क्रिनिङ’, गर्भमै अनुवांशिक समस्या पत्ता लगाउन सकिने

प्रसूति गृहमा ‘प्रि-नेटल स्क्रिनिङ’, गर्भमै अनुवांशिक समस्या पत्ता लगाउन सकिने

काठमाडौं । बच्चामा हुने जन्मजात दोष र विभिन्न अनुवांशिक रोगका कारण वर्षेनि नेपालमा सयौं शिशुले ज्यान गुमाउने गरेका छन् । जन्मजात देखिने कतिपय रोगको उपचारका लागि घरखेत बेच्दा पनि बच्चालाई बचाउन नसकेका घटनाहरु भेटिन्छन् । त्यसको समाधानका लागि नेपालको सरकारी अस्पतालमा नै पहिलोपटक ‘प्रि-नेटल स्क्रिनिङ टेस्ट’ अर्थात् प्रसव अवस्थापूर्व नै पेटभित्र रहेको बच्चाको स्वास्थ्य अवस्था परीक्षण गर्ने प्रविधि शुरु भएको छ ।

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले ल्याएको प्रि-नेटल स्क्रिनिङ टेस्टले आमाको पेटमा रहेको शिशुमा अनुवांशिक समस्या रहे नरहेको पत्ता लगाउने अस्पतालकी निर्देशक डा. संगीता मिश्रा बताउँछिन् ।

विश्वमा विभिन्न शारीरिक समस्या लिएर जन्मिने शिशुको संख्या हेर्ने हो भने यसको भयावह अवस्था देखिन्छ । हरेक वर्ष अनुमानित ७९ लाख नवजातहरू कुनै न कुनै स्वास्थ्य समस्या लिएर जन्मिने गरेको अध्ययनले देखाएको छ । यीमध्ये करिब ३० लाख शिशुको मृत्यु हुने र ३२ लाखले दीर्घकालसम्म अपाङ्गताको समस्या भोग्ने गरेको अध्ययनको निष्कर्ष छ ।

करिब १० महिनाअघि बच्चामा जन्मजात निम्तिने दोष र यसको परिणामको बारेमा गरिएको अध्ययनले नेपालमा प्रति एक हजारमध्ये औसत ५.८ जनामा जन्मजात कुनै न कुनै शारीरिक समस्या देखिने गरेको देखाएको छ । बीएमसी जर्नलमा प्रकाशित सो अध्ययनले उमेर नपुगी जन्मिएका बच्चाहरूमा यस्तो समस्या बढी हुने औंल्याएको छ । यी समस्याको समाधानका लागि पनि यो प्रविधिले सहयोग गर्ने अस्पतालको भनाइ छ ।

के हो प्रिनेटल स्क्रिनिङ टेस्ट ?

यो एक किसिमको प्रविधि हो । यो परीक्षणमा गर्भ रहेको निश्चित समयमा आमाको रगतको परीक्षण र भिडियो एक्सरे गरेर आएको नतिजालाई एउटा सफ्टवेयरमा राखेर विश्लेषण गरिन्छ । जसले बच्चामा डाउन सिन्ड्रोम र अन्य प्रकारका अनुवांशिक समस्याको जोखिम कति छ भन्ने देखाउँछ । जस्तै: न्युरल ट्युब डिफेक्ट, एडवर्ड सिन्ड्रोम आदि ।

विश्वमा विभिन्न शारीरिक समस्या लिएर जन्मिने शिशुको संख्या हेर्ने हो भने यसको भयावह अवस्था देखिन्छ । हरेक वर्ष अनुमानित ७९ लाख नवजातहरू कुनै न कुनै स्वास्थ्य समस्या लिएर जन्मिने गरेको अध्ययनले देखाएको छ । यीमध्ये करिब ३० लाख शिशुको मृत्यु हुने र ३२ लाखले दीर्घकालसम्म अपाङ्गताको समस्या भोग्ने गरेको अध्ययनको निष्कर्ष छ ।

करिब १० महिनाअघि बच्चामा जन्मजात निम्तिने दोष र यसको परिणामको बारेमा गरिएको अध्ययनले नेपालमा प्रति एक हजारमध्ये औसत ५.८ जनामा जन्मजात कुनै न कुनै शारीरिक समस्या देखिने गरेको देखाएको छ । बीएमसी जर्नलमा प्रकाशित सो अध्ययनले उमेर नपुगी जन्मिएका बच्चाहरूमा यस्तो समस्या बढी हुने औंल्याएको छ । यी समस्याको समाधानका लागि पनि यो प्रविधिले सहयोग गर्ने अस्पतालको भनाइ छ ।

के हो प्रिनेटल स्क्रिनिङ टेस्ट ?

यो एक किसिमको प्रविधि हो । यो परीक्षणमा गर्भ रहेको निश्चित समयमा आमाको रगतको परीक्षण र भिडियो एक्सरे गरेर आएको नतिजालाई एउटा सफ्टवेयरमा राखेर विश्लेषण गरिन्छ । जसले बच्चामा डाउन सिन्ड्रोम र अन्य प्रकारका अनुवांशिक समस्याको जोखिम कति छ भन्ने देखाउँछ । जस्तै: न्युरल ट्युब डिफेक्ट, एडवर्ड सिन्ड्रोम आदि ।

डा. मिश्राका अनुसार प्रि-नेटल स्क्रिनिङ टेस्ट अन्तर्गत् पनि एउटा स्क्रिनिङ र अर्को डायग्नोस्टिक टेस्ट गरिन्छ । स्क्रिनिङ टेस्टले केवल बच्चा कत्तिको जोखिममा छ ? भन्ने पत्ता लगाउँछ भने डायग्नोस्टिक टेस्टले बच्चामा कुन रोग देखिएको छ ? भन्ने देखाउँछ । डा. मिश्रा भन्छिन्, ‘यदि गर्भमा रहेको कुनै बच्चा उच्च जोखिममा देखियो भने बल्ल उनलाई डायग्नोस्टिक टेस्ट गरिन्छ ।’ डायग्नोस्टिक टेस्ट गर्दा गर्भबाट थोरै पानी निकालेर टेस्ट गरिन्छ । यसमा गर्भपतनको जोखिम हुने भएकोले शुरुमै डायग्नोस्टिक टेस्ट गरिँदैन ।

प्रिनेटल स्क्रिनिङ टेस्टमा कसरी आउँछ नतिजा ?

प्रि-नेटल स्क्रिनिङ टेस्ट नेपालको सरकारी अस्पतालमा पहिलोपल्ट प्रसूति गृहले जडान गरेको प्रविधि हो । मेसिन जडान गरेको १३ महिना अघि ल्याएको भएपनि यसलाई अत्याधुनिक सफ्टवेयरमा जोड्नुपर्ने र प्रमाणीकरण गर्नुपर्ने भएकोले यसको शुरुवात साढे २ महिना अघि मात्रै गरेको प्रसूति गृहकी प्याथोलोजी विभाग प्रमुख करिश्मा मल्ल वैद्य बताउँछिन् । पछिल्लो साढे २ महिनामा गरिएको कुल ४२ परीक्षणमध्ये ३ वटा गर्भभित्र रहेको बच्चामा अनुवांशिक समस्याको जोखिम बढेको देखिएको पनि मल्ल बताउँछिन् । उनका अनुसार जोखिम समूहमा परेकी गर्भवतीलाई प्रसूति गृहले १,५०० देखि २,५०० रुपैयाँसम्ममा यो टेस्ट गर्ने गरेको छ । अस्पतालकी निर्देशक मिश्राका अनुसार यो मूल्य अन्य निजी अस्पतालमा लाग्ने शुल्कको तुलनामा एकतिहाइ कम हो ।

यो प्रविधिमा परीक्षण गर्दा आमाको रगतलाई टेस्ट गरेर यसको सर्टेन भ्यालु निकालिन्छ । साथै, भिडियो एक्सरेबाट आएको रिपोर्टलाई पनि सफ्टवेयरको माध्यमबाट विश्लेषण गरेर बच्चामा कुनै अनुवांशिक रोग वा डाउनसिन्ड्रोम छ कि छैन भन्ने यकिन गरिन्छ । अहिले प्रसूति गृहले क्यानेडियन ‘बेन टेक प्रा’ भन्ने सफ्टवेयरमा राखेर गर्भको शिशुको अवस्था परीक्षण गर्ने गरेको छ ।

प्रसूति गृहकी निर्देशक डा. संगीता मिश्राका अनुसार आमाको गर्भावस्थाको समय, तौल र रगतमा देखिएको विवरणबाट पेटभित्र रहेका बच्चाहरूमा अनुवांशिक समस्या छ कि छैन भन्ने यकिन गरिन्छ ।

कुन समयमा गरिन्छ परीक्षण ?

प्रि-नेटल स्क्रिनिङ गर्भावस्थामा २ पटक गरिन्छ । पहिलो परीक्षण गर्भ बसेको १० देखि १३ हप्ताको बीचमा गरिन्छ । यो पहिलो टेस्ट १० देखि १३ हप्ताको बीचमा गरिन्छ । यसमा एउटा ब्लड टेस्ट हुन्छ । जुन ३ डबल मार्कर, त्रिपल मार्कर र क्वाडरुपल मार्कर गरी तीन प्रकारको हुन्छ । त्योसँगसँगै अल्ट्रा साउण्ड पनि गरिन्छ । यी दुवैलाई सँगसँगै राखेर कुनै प्रकारका अनुवांशिक रोग हुने सम्भावना कति छ ? भन्ने पत्ता लगाउन मद्दत मिल्छ । यसले स्पष्ट जवाफ त दिँदैन । तर कुन गर्भमा बढी जोखिम छ र कुनमा कम छ भन्ने चाहिं देखाउँछ ।

त्यस्तै, दोस्रो परीक्षण १८ देखि २२ हप्ताको बीचमा गरिन्छ । यो समयमा बच्चाको शारीरिक संरचना तयार भइसकेको हुने हुँदा केही समस्या भएमा यो परीक्षणमा पत्ता लाग्ने गर्छ । ‘यो समयमा हामीले बच्चाको अंगहरू राम्रोसँग तयार भएको छ कि छैन हेर्छौं,’ डा. मिश्रा भन्छिन्, ‘कुनै अंग यदि बनेको छ भने यसको विकासक्रम कस्तो छ ? अंगहरूको शारीरिक बनावट कस्तो छ ? भन्ने यकिन गर्नको लागि यो परीक्षण गरिन्छ ।’  प्रि-नेटल स्क्रिनिङ टेस्टलाई वैज्ञानिक भाषामा डबल टेस्ट, ट्रिपल टेस्ट र क्वाडरुपल टेस्ट पनि भनिन्छ ।

किन जरुरी भयो यो टेस्ट ?

प्रिनेटल टेस्ट गर्दा यदि कुनै बच्चामा समस्या देखियो भने त्यो बच्चालाई सुरक्षित तरिकाले गर्भपतन गराउन सकियोस् भन्नको लागि नै यो टेस्ट गर्नु जरूरी रहेको डा. मिश्रा बताउँछिन् । कुनै पनि अंगभंग भएको र अन्य शारीरिक समस्या भएको बच्चा जन्माएर समस्या भोग्नु भन्दा समयमा नै गर्भपतन गरेर आमाको सुरक्षामा सहयोग गर्ने भएकोले यो परीक्षण जरूरी रहेको उनी बताउँछिन् ।

के यो परीक्षण सबै गर्भवतीमा गरिन्छ ?

अहिले नेपालका धेरै महिलाहरू अध्ययन र काममा व्यस्त हुन्छन् । आफ्नो व्यक्तित्व विकासको पछि कुद्दा महिलाहरु ढिला गरी विवाह गर्छन् । विवाह ढिलो हुँदा बच्चा जन्माउने योजना पनि ढिला हुन्छ । सामान्यतया ३५ वर्षपछि गर्भाधारण गरेका महिलाको पेटमा हुने बच्चालाई डाउन सिन्ड्रोमको सम्भावना बढी हुन्छ । त्यस्तै, पहिलो बच्चामा डाउन सिन्ड्रोम देखिएको छ भने गर्भमा रहेको दोस्रो बच्चामा पनि यो समस्या दोहोरिने सम्भावना बढी हुन्छ । यसबाहेक आमामा मधुमेहजस्ता दीर्घरोगले सताएको छ भने त्यस्तो गर्भमा रहेको बच्चामा पनि अनुवांशिक समस्या हुने जोखिम बढी हुन्छ । त्यसैले यही जोखिम समूहका गर्भवतीलाई यो परीक्षण गर्ने गरिन्छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

भर्खरै प्रकाशित

उखुको मूल्य बढ्ने

Recent Comments

%d bloggers like this: