काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी– २० समूहमा भारतलाई भरपर्दो साझेदारका रूपमा प्रस्तुत गरेका छन् । आइटी र बिपिओ सप्लाई चेन अविराम चलिरहेको भन्दै मोदीले जी– २० मुलुकहरूको अर्थतन्त्रको पुनर्स्थापनाका लागि भारतको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका छन् ।
भारतीय विदेश सचिव हर्षबर्धन शृंगलालाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएअनुसार मोदीले जी– २० सम्मेलनको उद्घाटन सत्रमा शनिबार राखेको मन्तव्यले भारतको भूमिका थप स्पष्ट पारेका हुन् । साझेदार मुलुकले पनि भारतको भूमिकालाई त्यही रूपमा आत्मसात् गरेको शृंगलाको भनाइ छ । भारतले गरेका आर्थिक सुधारका कार्यहरूप्रति अन्य मुलुक पनि विश्वस्त रहेको उनले बताएका छन् ।
मोदीले एक स्वास्थ्य, एक विश्वको नारामा जोड दिँदै स्वास्थ्य क्षेत्रको अन्वेषण र विकासमा जी– २० मुलुकहरू सहकार्य र साझेदारी हुनुपर्ने बताएका छन् । उनको प्रस्तावमा अन्य मुलुकका शीर्ष नेताले पनि सकारात्मक रेस्पोन्स गरेको विदेश सचिव शृंगलाले बताएका छन् । मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच पनि यस सम्बन्धमा बेग्लै साइडलाइन छलफल भएको इकोनोमिक टाइम्सले जनाएको छ ।
प्रजातन्त्रको जननि हो भारत जहाँ चिया वाला प्र्रधानमन्त्री हुन सक्छ त्यो देश नै लोकतन्त्र देश हो ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सबै प्रजातन्त्रको जननी भएको दाबी गरेका छन् । संयुक्त राष्ट्रसंघीय ७६औँ महासभालाई शनिबार राति सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जलवायु परिवर्तन, गरिबी निवारण, विकासका विषयमा चर्चा गर्दै आफू विश्वका सबै प्रजातन्त्रको जननी मुलुकको प्रतिनिधिका रूपमा प्रस्तुत भएको बताएका छन् । मोदीले अफगानिस्तान तथा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को पुनर्संरचनाका विषयमा पनि बोलेका छन् ।
‘म एक प्रजातन्त्रका जननीका रूपमा परिचित मुलुकको प्रतिनिधित्व गरेर यहाँ आएको छु,’ भारतीय प्रधानमन्त्रीको भनाई थियो, ‘भारत स्वतन्त्रताको ७५औँ वर्ष प्रवेश गरेको छ । तर, हामीकहाँ हजारौँ वर्षदेखि प्रजातान्त्रिक परम्परा कायम थियो । हाम्रो विविधता बलियो प्रजातन्त्रको प्रतीक हो, हाम्रा भाषाको सयौँ, दर्जानौँ बोली जीवन्त लोकतन्त्रको उदाहरण हो ।’
चिया पसलमा बाबुलाई सघाइरहेको व्यक्तिले प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघमा उपस्थिति हुने अवसर पाएको भन्दै आफ्नो उदाहरण दिएर उनले भारतमा लोकतन्त्र स्थापित भएको तर्क गरे । वासिंटनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिससँगको भेटमा पनि मोदीले लोकतन्त्र भारत र अमेरिकाको साझा मूल्य रहेकोमा जोड दिएका थिए ।
भारतले नियममा आधारित विश्व व्यवस्था बलियो हुनुपर्नेमा पनि मोदीले जोड दिएका थिए । मोदीले चीनप्रति लक्षित गर्दै कोभिड– १९ भारसको उत्पत्तिका विषयमा पनि अनुसन्धान हुनुपर्नेमा जोड दिएका थिए ।
अमेरिकाको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरेर मोदी न्युयोर्कस्थित राष्ट्रसंघीय महासभामा सहभागी भएका हुन् । उनले अफगानिस्तानमा तालिवानलाई पाकिस्तानले विगतमा सहयोग गरेको आरोप लगाए । तर, उनले पाकिस्तानको नाम लिएनन् ।