Monday, November 29, 2021
Google search engine
Homeप्रदेश २गोलबजारमा आगलागी, लाखौंको समाग्री जलेर नष्ट

गोलबजारमा आगलागी, लाखौंको समाग्री जलेर नष्ट

शेयर गर्नु होस

सिरहा । सिरहाको गोलबजारमा रहेको एक स्टिल फर्निचर शो रुममा आज अपरान्ह आगलागीहुँदा लाखौंको सामान जलेर नष्ट भएको छ । गोलबजार नपा ६ मा रहेको ज्योती स्टेशनरीले सञ्चालन गरेको फर्निचर शो रुममा रहेको स्टिल दराज, टेवल, फर्निचर निर्माणमा प्रयोग हुने फम, म्याट, कार्पेट लगायतका सामाग्रि जल्दा करिव १२ लाखको मूल्य बरावरको सामाग्री जलेको प्रहरीले जनाएको छ ।
गोलबजार नगरपालिका ६ दोहटियाका योगेन्द्र यादबको घर भाडामा लियर सञ्चालन गरेको शो रुममा विद्युत सर्ट भएर आगलागीभएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
गोदाममा करिब १२ लाख मुल्य बराबरको सामान रहेको सन्चालक ज्योती नायकले बताए । जसमध्ये सवै सामाग्री जलेको इलाका प्रहरी क्रायलय गोलबजारका प्रमुन इन्सपेक्छर सन्तोष राईले जान्कारी दिए ।
आगो गोलबजार नगरपालिकाको बारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले करिव एक घण्टा लगाएर नियन्त्रणमा लिएको थियो ।GBR 2GBR 3

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: