Monday, November 29, 2021
Google search engine
Homeदेशहंसपुरमा छठ पूजा सामग्री वितरणमा विवाद

हंसपुरमा छठ पूजा सामग्री वितरणमा विवाद

शेयर गर्नु होस

जनकपुरधाम । छठ पूजा सामग्रीमा धनुषाको एक स्थानीय तहका मेयरले एकलौटी गरेको आरोप लागेको छ । जिल्लाको हंसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डलले छठ पूजा सामग्री वितरणमा एकलौटी गरेको वडाध्यक्षले नै आरोप लगाएका छन् ।

वडा नं. ६ का वडाध्यक्ष मधुरा चौधरीले मण्डलले कार्यपालिकाको निर्णयबिनै पूजा सामग्री वितरण गरेको आरोप लगाइन् ।
नगरले दलित विपन्नलाई छठ पूजा सामग्री वितरण गरेको थियो । ४ सय जनालाई गहुँ, सक्खर र साडी दिइएको हो ।

नगरप्रमुख मण्डलले वडाको सिफारिसबिनै हरेक वडाबाट ४० जना दलित छनोट गरी सामग्री वितरण गरेको वडाध्यक्ष चौधरीले बताइन्  । सोमबार सामग्री वितरण थालेपछि नगरका ९ वडामध्ये ६ वटाका अध्यक्ष र उपप्रमुखले कार्यक्रम बहिष्कार गरेका थिए ।

पूजा सामग्री वितरणका लागि १० लाख बजेट भए पनि नगर प्रमुखले ३ लाख रुपैयाँ खर्च गरेर अरू अनियमितता गरेको चौधरीले आरोप लगाइन् । नगर प्रमुख मण्डलले भने आफूले कुनै अनियमितता नगरेको दाबी गरेका छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: