काठमाडौं । मिथिलाञ्चलसहित तराई मधेश र पछिल्लो सममय पहाडमा समेत मनाउन थालिएको छठपर्वमा आज साँझ अस्ताउँदो सूर्यको अर्घ दिइएको छ ।
तलाउ तथा पोखरीहरूको सहर भनेर चिनिने जनकपुरमा ब्रतालुहरुले तलाउ तथा पोखरी छेउ बनाइएका घाट अगाडि स्नान गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
ब्रतालुहरु आज रातभर तलाउ, पोखरी तथा नदी किनारमा बनाइएका घाटमा बसेर दीप प्रज्वलन गरी छठ माताको आराधना गर्दछन् । बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत समापन हुन्छ ।
पाँच दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले माछमरुवा बारेका थिए भने दोश्रो दिन नुहाएर अरबा अरबाईन भोजन गरेका थिए। तेश्रो दिन खरना, चौथो दिन अस्ताउँदो सूर्यको अर्घ्य दिएका छन् भने भोलि उदाउँदो सूर्यको अर्घ दिइन्छ ।