काठमाडौं । भारतको हैदारावादमा आयोजित इन्डियन पुलिस सर्भिस (आईपीएस) तालिममा नेपाल प्रहरीका तीन निरीक्षक (इन्स्पेक्टर) उत्कृष्ट भएका छन्।
तालिममा नेपालका इन्स्पेक्टर अनिल थापा, किरण राउत र सिमोन धिताल पुरस्कृत भएका हुन्। आउटडोरतर्फ द बिएसएफबाट थापा, द जयपुर कपबाट राउत र धिताल पुरस्कृत भएका हुन्। उनीहरुलाई भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले अवार्ड प्रदान गरेका छन्।
५० हप्ता लामो तालिममा नेपालबाट ५ जना सहभागी भएका थिए। तालिम सरदार बल्लभभाइ पटेल पुलिस एकेडेमी हैदारावादमा भएको तालिमको समापनमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पनि हैदारावाद पुगेका छन्।