काठमाडौं । विश्वमा आफ्नो शक्तिलाई बढाउंदै विश्व शक्तिशालि राष्ट्र बन्न खोजिरहेको चिनले नयॉ सिमा कानुनहरु ल्याएको छ । चिनको संसद राष्ट्रिय जन कांग्रेसको १३ औं बैठकले सन २०२२बाट लागु हुने गरि सिमा कानुन पारित गरेको छ ।संसदबाट पारित भएको नयां कानुनले सिमामा चिनिया उपस्थिति अझै बढ्ने र सुरक्षाकर्मिलाई थप अधिकारहरु दिईएको छ । चिनको नेपाल सहित १४ देश संग २२ हजार किलो मिटर अन्तराष्ट्रिर्य सिमा जोडीएको छ। चिनको नेपाल सहित विभिन्न देशहरुसंग सिमा विवाद रहेको अवस्थामा सिमा सुरक्षालाई थप मजवुद र व्यवस्थित बनाउंदै सिमामा तैनाथ चिनिया जनमुक्ति सेनालाई थप अधिकार प्रत्यायोजन गर्न संसदले सिमा सुरक्षा सम्बन्धि कानुन पारित गरेको छ । सिमा सुरक्षामा तैनाथ फौजलाई अधिकार प्रत्यायोजन गर्ने क्रममा उक्त कानुनका र्बोडर अर्को देशलाई चुनौती दिने गरी सैन्य अभ्यास , सैनिक कारबाही र एकलौटी र्बोडर बन्द गर्न सक्ने सम्मका कानुनहरु रहेका छन् ।
त्यसैगरी आफ्नो देश विरुद्ध सिमा अतिक्रमणमा घुसपेठ वा सिमा कब्जा गरेको अवस्थामा तत्काल सिमा कारवाही गर्न सक्ने सम्म अधिकार प्रत्यायोजन गरेको छ । सिमा सुरक्षाको लागि मिलेसिया , स्थानीय सरकार तथा स्थानीय व्यत्ति संग समन्वय गरी सिमा सुरक्षालाई थप मजबुद बनाउन सक्ने उल्लेख गरिएको छ । सिमा क्षेत्रमा सैनिक अभ्यास एवं सैनिक कारबाही गर्न सक्ने र कुनैपनि समयमा सिमालाई पुर्ण बन्द गर्न सकिने उल्लेख गरिएको छ । त्यति मात्र नभएर सिमा भएर बग्ने नदीहरुको एकलौटी व्यवस्थापन गर्न सक्ने सम्म अधिकार दिएको छ । हालै नेपालको हुम्लामा चिनले नहरै नेपालतिर फर्काएर भुमि मिचेको तथ्य बाहिर आएको थियो तर अव चिनले कानुन नै बनाएर सुरक्षा फौजलाई अधिकार दिएपछि साना नदीहरुको प्राकृतिक बहाब परिर्वतन हुने र उक्त भुमिहरु चिनको कब्जवामा जाने खतरा बढेर आएको छ । चिनले कानुनमा सिमामा रहेको प्रयोग गर्न नमिल्ने जमिनमा हर्कत गर्न बन्देज लगाउने सम्म कानुन पारित गरेको छ । त्यसै गरि सिमा अतिक्रमण आफ्नो मुलुकको सिमा अतिक्रमण हुन नदिन सिमा ईलाकाको जमिन सर्वेक्षण गर्ने तथा अत्याधुनिक प्रविधि सहित सुरक्षा फौजलार्इ तैनाथ गर्ने र आधुनिक प्रविधि सहित सिमाको निगरानी गरिने जनाईएको छ ।
यसरी चिनले सिमा सम्बन्धि कानुन पारित गरेपछी नेपालको उतरी चिनसंग सिमा जोडीएका इलाका र त्यहां बग्ने साना नदीहरु माथि चिनको अतिक्रमण बढ्न सक्ने खतरा उत्पन्न भएर गएको छ । कानुन पारित भएको केही समय पछी नै चिनले हुम्लाको नाम्खा गाउ‘पालिकाको लिमी लाप्चा पहाडमा चिनले एकलौटी रुपमा आफ्नो देशको झण्डा गाडेको छ । चिनद्धारा प्रत्यायोजित नयां सिमा सम्बन्धि कानुनले नेपाल र चिन बिचको सिमा विवाद र अन्तरनिहित सम्बन्धमा ठुलो दरार पैदा गर्न सक्ने अवस्था आउने खतरा बढेको छ । नेपालमा चिनिया राजनैतिक गतिविधि बढेर जानु, हालै चिनले सिमा कानुन पारित गर्नु नेपालको लागि सुखद होईन यसले नेपालको सार्वभौमिकता र राष्ट्रियता माथि नै खतरा उत्पन्न गराउन सक्ने राजनैतिक विश्लेषकहरुको बुझाईरहेको छ ।
सिमा कानुन पारित भईसकेपछी कार्यान्वयन हुने क्रममा नेपालको सिमा क्षेत्रमा समेत सुरक्षा चुनैती देखिने छ । जनशक्ति र स्रोतमा कमजोर नेपाल जस्तो मुलुकले सिमाको सुरक्षा कसरि गर्छ भन्ने चासो उत्पन्न भएको छ । नेपालले चिन संगको सिमा विवाद सामाधान गर्न सिमा अध्धयन समिती बनाएपछि चिनले सिमा कानुन पारित गर्नुमा अर्थ रहेको राजनितिज्ञहरुको बुझाईरहेको छ ।