काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)ले माओवादी केन्द्र छोडेका रामचन्द्र झालाई केन्द्रीय कमिटीमा मनोनीत गरी सचिवालयमा राख्ने निर्णय गरेको छ । त्यस्तै हालै राजदूतबाट फिर्ता भएका वंशिधर मिश्रलाई केन्द्रीय कमिटीमा मनोनीत गरी स्थायी कमिटीमा राख्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठकले आइतबार उक्त निर्णय गरेको हो ।
त्यस्तै हालै एमाले परित्याग गरी आएका डडेलधुराका तारा जोशीलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको छ ।
त्यस्तै माले छाडेर आउनेलाई पनि पार्टीले केन्द्रीय कमिटीमा मनोनयन गरेको छ । मालेबाट आउनेहरू कुलप्रसाद फुयाल, शंकर पोखरेल, निलमणि बराल पनि केन्द्रीय सदस्य भएका छन् ।