जनकपुर – प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गतको साइकल खरीदमा भ्रष्टाचार भएको तथ्य बाहिर ल्याएको छ ।
छापा हानेर कागजात लाँदा पोल खोल्ने डरले संघीयता बदनाम गर्ने षडयन्त्र भनेर बरुक बरुक उफ्रेका मुख्यमन्त्री लालबाबु राउतको असली चहेरा पनि अख्तियारले बाहिर ल्याएको छ । साइकल खरीदमा राउत नै मुछिएका छन् । अब उनी भ्रष्टाचार कसुरमा जेल जाने सम्भावना बढेको छ ।
अनुसन्धानका क्रममा जनकपुर पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक चरणको अनुसन्धानमा भ्रष्टाचार भएको देखिएको बताएका छन् ।
उनकाअनुसार दोस्रो चरणको अनुसन्धान भइरहेको र त्यसपछि भ्रष्टाचार कसुरमा संलग्नहरु विरुद्ध मुद्दा दायर हुनेछ । साइकल खरीदमा नक्कली बिल बनाएर करोडौको भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानले देखाएको छ ।