काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) गुमाउन नहुने बताएका छन् ।
विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट गरेपश्चात् शुक्रबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपालले एमसीसी परियोजना गुमाउन नहुने र कमै देशले यस्तो सहयोग पाउने सहायक विदेशमन्त्री लुले बताए ।
आगामी डिसेम्बर १४ मा सीसीएमसीको बोर्डको बैठक हुन गइरहेको र यसबारे बृहत छलफल हुने पनि सहायक विदेशमन्त्री लुले बताएका छन् । प्रत्येक ३÷३ महिनामा अमेरिकी परियोजनाबारे समीक्षा बैठक हुने गरेको पनि उनले बताए ।
उनका अनुसार एमसीसी परियोजना नेपालले लिओस् भन्ने अमेरिकी चाहना रहेको छ । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा मंसिर २८ भित्र एमसीसी लिनुपर्ने बताएका थिए ।
नेपालमा भ्रमणका रहेका सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्त गरेका छन् ।
भेटवार्ताका क्रममा उनले एमसीसी परियोजना लिने वा नलिनेबारे छिट्टै निर्णय लिन पनि भनेका छन् ।