काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राखेपका ९ जना बोर्ड सदस्यलाई बर्खास्त गरेको छ । केही साता अघि मात्र स्पष्टिकरण माग गरेको युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का ९ जनालाई मन्त्रालय बोर्ड सदस्य बर्खास्त गरेको हो ।
मन्त्रालयका अनुसार रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुनबहादुर केसी र विज्ञका रुपमा मनोनित इन्दिरा निरौला एवं रिम रानाभाटलाई बर्खास्त गरेको छ ।
त्यस्तै उद्योग वाणिज्य महासंघबाट मनोनित गोपाल खनाल तथा शाहसिक, परम्परागत तथा पर्यटकीय खेलकुदबाट मनोनित गोविन्द भट्टराईलाई पनि बर्खास्त गरेको छ।
यसअघि खेलकुद मन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णयअनुसार राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टीकरण मागेका थिए।