Tuesday, November 30, 2021
spot_img
Homeप्रदेश २माधव नेपाल जनकपुरधाम आउँदै

माधव नेपाल जनकपुरधाम आउँदै

शेयर गर्नु होस

जनकपुरधाम ।  नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल जनकपुरधाम आउने भएका छन् । मंसिर ७ गते अध्यक्ष नेपाल जनकपुरधाम आउने तय भएको नेकपा एस प्रदेश २ कमिटीले जनाएको छ ।

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रम गरेर फर्किएलगत्तै अध्यक्ष नेपाल पनि जनकपुर आउन लागेका हुन् ।

तिनकोरियामा ७ गते आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल आउँदैछन् । पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ८ मंसिरमा लहानको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको नेकपा एस प्रदेश २ का अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।

८ गते नै अध्यक्ष नेपाल जनकपुरधाम फर्किएर प्रदेश कमिटीको कार्यालयको औपचारिक उद्घाटन गरेर संघीय राजधानी फर्कने कार्यक्रम रहेको अध्यक्ष साहको भनाइ छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: