Tuesday, November 30, 2021
spot_img
Homeप्रदेश २मन्त्री रामसरोज यादवद्वारा काँग्रेस प्रदेश २को सभापतिमा उम्मेदवारी दिने घोषणा

मन्त्री रामसरोज यादवद्वारा काँग्रेस प्रदेश २को सभापतिमा उम्मेदवारी दिने घोषणा

शेयर गर्नु होस

जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले नेपाली काँग्रेसका प्रदेश २ को सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै यादवले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

काँग्रेसको प्रदेश २ को संसदीय दलका नेता समेत रहेका यादवले पार्टीलाई थप मजबुत बनाउने लक्ष्यका साथ आफुले प्रदेश सभापति पदमा उम्मेदवारी दिन लागेको बताए ।

प्रदेश सभापति पदमा जिते प्रदेश २ मा कांग्रेसलाई पहिलो नम्बरको दल बनाउनुका साथै पार्टीको ८ कठ्ठा ९ धुर रहेको जग्गामा सुविधा सम्पन्न प्रदेश भवन बनाउने यादवले प्रतिबद्धता व्यक्त गरे ।

२०२९ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक जीवन शुरु गरेका यादव १४ वर्ष नेपाली कांग्रेस धनुषाको सभापति भएर काम गरिसकेका हुन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: