Thursday, December 2, 2021
spot_img
Homeप्रदेश २अझै पक्राउ परेनन् सनराइज बैंक राजविराज शाखाका फरार कर्मचारी

अझै पक्राउ परेनन् सनराइज बैंक राजविराज शाखाका फरार कर्मचारी

शेयर गर्नु होस

शुभ नारायण यादव
सप्तरी । 
सनराइज बैंक शाखा राजविराजका एक जना कर्मचारी विरुद्ध पक्राउ पुर्जी जारी भएको एक महिना भइसक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन् ।

बैंकिङ्ग कसूर अन्तर्गत बैंकका वरिष्ठ सहायक चन्दन सिंह विरुद्ध गत कार्तिक ७ गते नै पक्राउ पुर्जी जारी गरिएको थियो । उनको खोेजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

प्रवक्ता काफ्लेले भने, ‘बैंकिङ्ग कसूर अन्तर्गत सिंह विरुद्ध गत कार्तिक ७ गते सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएसँगै उनी फरार छन्, पक्राउ गर्ने हाम्रो प्रयास जारी छ ।’

श्रोतका अनुसार वरिष्ठ सहायक सिंहमाथि सनराइज बैंक राजविराजबाट सरकारी कार्यालय र सर्वसाधारणको लाखौं रकम हिनामिना गरेको आरोप छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: