Tuesday, November 30, 2021
spot_img
Homeदेशमाधव नेपाल भन्छन् : सुर्यमा ग्रहण लागिसक्यो

माधव नेपाल भन्छन् : सुर्यमा ग्रहण लागिसक्यो

शेयर गर्नु होस

सिरहा । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेको सुर्यमा ग्रहण लागिसकेको बताएका छन् । आज जनकपुरधाम स्थित प्रदेश पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो कुरा बताएका हुन् ।

नेपालले भने, ‘सुर्यको धाम नदेखाए हुन्छ । सुर्यमा ग्रहण लागि सकेको छ । अब कलम चम्कि रहेको छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण सुर्यमा ग्रहण लागेको उनले टिप्पणी गरे ।

नेकपा (एस)मा जनताको आकर्षण देखेर ओली अन्ठसन्ठ बोलेको उनले बताए । उनले भने, ‘नेकपा (एस)मा किसान, मजदुर, युवाको आकष्र्ण देखेर ओली आत्तिएका छन् । उनलाई छटपटाहत भइरहेको छ । अगामी चुनाव सम्मको उनको हाल विचरा जस्तो हुन्छ ।’

ओली दक्षिण इसरमा चलिरहेको आरोप लगाउँदै नेकपा (एस) दक्षिणी भाषमा नभासिने उनको भनाई छ । प्रदेश २ को नामाकरण र स्थायी राजधानी बारे पार्टीको अधिकारि निर्णय नआएको बताए । तर, राजधानी जनकपुर हुनु पर्नेमा संकेत गरे ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: