काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङ्ग पिङको नेपाल भ्रमणको बेला चिनले नेपालसँग बहुआयामिक सम्बन्ध विकास गर्न चाहेको उद्घोष गरेका थिए । नेपाल र चीन बीच ६ देखि ९ वटा उत्तरी नाकाबाट व्यापार एवं आवतजावत हुने गरिन्छ। रसुवाको केरुङ-रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी नाका स्थलमार्ग भएर बढी व्यापार हुने नाका हो।
सिन्धुपाल्चोक आसपासका क्षेत्रहरु विभिन्न प्राकृतिक विपदको शिकार भइरहेकोले भूकम्प पछि तिन वर्ष बन्द भएको उक्त नाकाबाट पछिल्लो समयमा राजस्व संकलनमा भारी गिरावट आएको छ। समयसमयमा अघोषित नाकाबन्दीको कारण श्रमिकहरु पनि मारमा पर्ने गरेका छन्। चीनले कहिले नेपालसँग भौगोलिक कठिनाइ र पूर्वाधारको अभाव भएको भन्दै आएको छ। कहिले कोभीड -१९ र प्राकृतिक विपत्हरूको जोखिम रहेको बताउदै पनि आएको छ।
२०७२ सालको विनाशकारी भूकम्प र त्यसपछि जुरेमा गएको पहिरो पछि सिन्धुपाल्चोक क्षेत्रको सडकखण्डको पुनःनिर्माणको जिम्मेवारी चीन सरकारलाई दिइएको थियो। चीनिया सरकार गम्भीर नभएकाले प्रक्रिया ढिला भयो र समयमा मरम्मत हुन नसकेको आरोप स्थानीयले लगाउदै आएका छन् । सडकखण्डको पुनः निर्माण र नाकाको सहज सञ्चालनमा चीन सरकार उदासिन देखिएकोले यस क्षेत्रका सडकखण्डहरुको पूनः निर्माण चुनौतीपूर्ण बन्दै गएको छ। कतिपय विज्ञहरुले चट्टान,भिर र खोचहरु सहितको कठीन भौगोलिक क्षेत्रमा सडकको दीर्घकालीन पुनःनिर्माण कार्य सहज छैन भनि बताएका छन् ।
समयसमयमा अघोषित नाकाबन्दी र विभिन्न समस्या देखाइ नाकाहरु सञ्चालन नियमित नहुनु साथै पुनः निर्माणमा आलटाल जस्ता अवस्थाले भविष्यमा हामीले हाम्रो सडक निर्माणमा आफै लगानी गर्नु पर्दछ भनी जानकारहरुले सुझाव दिने गरेका छन् ।
निर्वाचित सरकारलाई अपदस्थ गरी तत्कालीन राजा महेन्द्रले सन् १८६१ मा चीनको भ्रमण गर्दा काठमाडौं कोदारी सडक निर्माणबारे नेपाल र चीन बीच सम्झौता भएको थियो। उत्तरी छिमेकी चीनसँग सन् १७६५ र १७९२ मा नेपाल र चीनबीच विवाद सिर्जना भएको थियो। सम्झौता द्वारा पूरानो सम्बन्ध यथावत बनाइयो। विगतमा जे भएपनि चीन र नेपालबीच कुटनीतिक सम्बन्ध राम्रै रहेको जानकारहरुले बताउदै आएका थिए। तर केही महिनादेखि नेपाल र चीनको सम्बन्धमा पुन:निश्कृयता देखिएको छ।