बेइजिङ – चिनियाँ कम्पनीहरुलई सिन्यिाङमा रहेको उइगरहरुलाई नान्जियाङमा स्थानान्तरण गर्न थालेको छ। चिनियाँ अधिकारीहरुले नियन्त्रणमा लिएर जबरजस्ती काममा लगाइएका उइगरहरुलाई सिन्जियाङबाट नानजियाङमा लैजान थालिएको हो।
चिनियाँ जब प्लेसमेन्ट कम्पनीले तीन हजार उइगर कामदारहरुलाई चीनको नानजियाङमा रहेका कम्पनीहरुमा लगेको हो। जसमा १६ वर्षका किशोरीहरु पनि रहेको बताइएको छ। त्यसैगरी हजारौं अन्य कामदारहरुलाई सन् २०२२ को सुरुवातमा लैजाने तयारी भएको रेडियो फ्रि एसियाको अनुसन्धानले देखाएको छ।
आरएफए उइगर सेवाले चिनियाँ भाषाको विज्ञापन विबो र विच्याटमा दुई हजारभन्दा बढी उइगरहरु आवश्यकता भएको विज्ञापन देखेपछि अनुसन्धान सुरु गरेको हो। १६ देखि ३० वर्षसम्मका उइगरहरु आवश्यक रहेको विज्ञापन खुला गरिएको थियो।
उक्त विज्ञापनमा कम्पनीको नाम भने खुलाइएको छैन। जसमा फोन नम्बर भने राखिएको थियो। त्यहाँ राखिएको फोन नम्बरको कोड नानजियाङको रहेको बताइएको छ। आरएफले उक्त नम्बरमा फोन गर्दा एम महिलाले फोन रिसिभ गरेको र जब प्लेसमेन्ट कम्पनी भएको बताएको थियो।
कम्पनीले पछिल्लो समय तीन हजार कामदारलाई पठाइसकेको र थप हजारौं किशोरीसहितका कामदारहरुलाई पठाउने तयारीमा रहेको बताएका थियो। चीन सरकारले लाखौं उइगरहरुलाई हिरासतमा राखेर यातना दिने गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। एजेन्सी