मेयरको राजीनामा माग्दै जनकपुरधामका वडाअध्यक्ष काठमाडौंमा

काठमाडौं । मेयरको राजीनामा माग्दै जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्षहरू काठमाडौं पुगेका छन् ।

मेयर लालकिशोर साहले उपमहानगरभित्र फोहर व्यवस्थान गर्न नसकेको भन्दै उनको विरुद्धमा प्रदर्शन गर्न काठमाडौ गएको वडा नं. ४ का वडाध्यक्ष सुदर्शन सिंहले जानकारी दिए ।

जनकपुरधाम नगरक्षेत्रको फोहर व्यवस्थापनको लागि आफूहरुले सुरुदेखि नै मेयर साहलाई ध्यानाकर्षण गराउँदै आएपछ मेयरले त्यसको बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको सिंहले बताए । नगरमा आन्दोलन गर्दा त्यसको सुनुवाई नगरेपछि आफुहरु संघीय राजधानी आइपुगेको सिंहले बताए ।

वडा नम्बर १, ३, ४, ७ र ९ का अध्यक्षसहित २२ जना काठमाडौ गएका छन् ।