एजेन्सी । स्विडेनकी पहिलो महिला प्रधानमन्त्री माग्डालेना अन्डेर्सन एक हप्तामा दुई पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्।
गत बुधबार पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी अन्डेर्सन मङ्गलबार दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् ।
उनले त्यतिबेला उनको पार्टीलाई समर्थन दिएको ग्रीन पार्टीले सहमती फिर्ता लिएपछि राजीनामा दिएकी थिइन् ।
त्यसअघि अर्थमन्त्री रहेएकी अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृसमेत हुन् । एएफपी