काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बरमा भारत भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्धिपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा वार्ता गर्ने भएका छन् ।
शुक्रबार भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता अरिन्दम बागचीले पुटिन भारत भ्रमणमा आउन लागेको जानकारी दिएका हुन् ।
उनले सोही दिन पुटिन र मोदीबीच भेटवार्ता हुने र उनी सोही दिन फर्कने जानकरी समेत दिएका छन् ।
रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले सो अवसरमा भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्नेछन् ।