काठमाडौं । नेपाली राजनितीमा एक्कासी चिनियाँ हस्तक्षेप बढेको प्रति लोकतान्त्रिक समाजवार्दी पार्टीका नेता मनिष कुमार मिश्रले चिन्ता व्यक्त गरेका छन् ।
आफ्नो स्वार्थ मात्र हेर्न र पुरा गर्न पल्केका चिनले नेपाल प्रति कहिले सहयोगी भुमिका निर्वाह नगरेको नेता मिश्रले बताए । उनले हाम्रो नेपालसंग रोटी÷बेटीको सम्बन्ध भएको भारतसंको मित्रतामा चिसोपना पैदा गर्न चिनले पटक पटक भुमिका खेलेको भन्दै चिनले कहिले पनि भारतको मित्र बन्न नसक्ने आश्य व्यक्त गरे । उनले चिनियाँकै बदमासीका कारण नेपालमा धर्म परिवर्तन जस्ता अपराधिक गतिविधी बढेको र नेपाली जनताहरु बढी पैसामुखी भएको बताए । चिनले नेपालमा आफ्नो दबदबा सिर्जना गर्नै कोसिस पटक पटक गरेको भन्दै चिनले नेपालमा आफ्नो हुकुमत देखाउन खोजेको बताए ।
नेपालमा आगो लाग्दा भारत पनि जल्छ
उनले नेपाल र भारतको सम्बन्ध नङ्ग र मासुको जस्तो भएको जिकिर गरे । रोटी बेटी सम्बन्ध रहेको भारतसंगको मित्रतामा कुनै चिसोपना आउन नदिन सबैले भुमिका खेल्नुपर्ने बताए । उनले दुबै देशबिचको राजनितीक अवस्था जस्तोसुकै भएपनि जनस्तरको सम्बन्घ नङ्ग मासुको भएको दाबी गरे ।