काठमाडौं । पाकिस्तानका ‘वजीर आजम’ इमरान खानले मंगलबार एक कार्यक्रममा आफ्नो कार्यकालमा पाकिस्तानको अवस्था दयनीय भएको स्वीकार गरेका छन् । इमरान खानले सरकारसँग देश चलाउन पैसा नभएकाले अन्य देशबाट ऋण लिनुपर्ने बताएका छन् । इमरान खानले विदेशी ऋणको बृद्धि र कर राजस्वमा आएको कमी राष्ट्रिय सुरक्षाको समस्या भएको र जनताको हितमा खर्च गर्न सरकारसँग पर्याप्त स्रोत नभएको बताए ।
ट्रिब्यूनका अनुसार इमरान खान इस्लामाबादमा फेडरल बोर्ड अफ रेभेन्यूको पहिलो ट्र्याक एण्ड ट्रेस प्रणालीको उद्घाटनमा सहभागी भएका थिए। उनले भने, ‘हाम्रो सबैभन्दा ठूलो समस्या भनेको देश चलाउने पैसा छैन । त्यसैले हामीले अन्य देशबाट ऋण लिनुपर्छ ।”